माणिकलाल गौतमको निधनप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली

काठमाडौँ । दाङमा कम्युनिस्ट पार्टीको संस्थापक सदस्य माणिकलाल गौतमको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली तथा सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ मङ्सिर २४ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको हो ।

कम्युनिस्ट आन्दोलनप्रति लगातार सक्रिय रहनु नै गौतमप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरिएको महामन्त्री सिंहको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“का. माणिकलाल गौतमको ९३ वर्षको उमेरमा आज मृत्यु भएको छ ।

उहाँ हाम्रो पार्टीको दाङ जिल्लाको संस्थापक सदस्य हुनुहुन्थ्यो । तेस्रो महाधिवेशनपछि लगातार रूपमा उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आउनुभएको थियो । हाम्रो पार्टीसित मतभेद भएपछि उहाँ तात्कालीन नेकपा (माले) मा आबद्ध हुनुभएको थियो । पछिल्लो समयमा उहाँ सत्ताधारी नेकपामा आबद्ध हुनुहुन्थ्यो । त्यसरी उहाँ निरन्तर रूपमा नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहनुभएको थियो ।

उहाँको मृत्युले नेपाली कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुर्याएको छ । कम्युनिस्ट आन्दोलनप्रति प्रतिबद्ध भई लगातार रूपमा सक्रिय रहन सकेमा मात्र का. गौतमको सच्चा सम्मान हुन सक्ने कुरामा हामीलाई विश्वास छ ।

अन्तमा, हामीले का. गौतमप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार