माण्डवी गाउँपालिकामा राजमो भेला

  •   
  •  
  •  
  •  
  •  
  •  

331 जनाले पढ्नु भयो ।

शिव पन्थी, प्यूठान ।
राष्ट्रिय जनमोर्चा माण्डवी गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन राजमो जिल्ला उपाध्यक्ष ईमान सिंह खड्काले गर्नुभएको थियो ।

भेलाले लिलबहादुर राउतको अध्यक्षतामा १३ पूर्ण, तीन सल्लाहकार रहेको गाउँपालिकास्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शंकर आचार्य, सचिव नरेन्द्र खड्का, सहसचिव मनोज केसी, कोषाध्यक्ष चेतकला केसी रहनुभएको छ ।

सदस्यहरूमा चन्द्रबहादुर केसी, राम बहादुर केसी, जोख बहादुर बाठा, जिबा थापा, भेष बहादुर कुँवर रहनुभएको छ भने ३ स्थान रिक्त राखिएको छ । यस्तै, सल्लाहकारमा कृष्ण बहादुर सुनार, नित्यानन्द आचार्य, गोमा केसी चयन हुनुभएको छ ।

कृष्ण बहादुर सुनारको अध्यक्षता र भरत सुनारको सञ्चालनमा अघि बढेको कार्यक्रममा शंकर आचार्यले स्वागत गर्नुभएको थियो । भेलालाई जिल्ला स–सचिव लाल बहादुर राउत र इन्द्र बहादुर खड्काले शुभकामना दिनु भएको थियो ।

नवनिर्वाचित समितिलाई स्वर्गद्वारी नगर समितिका सदस्य शिव पन्थी र लाल बहादुर राउतले बधाई दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *