मानव समाजको इतिहास र वर्तमान

दुर्गानाथ खरेल ##
१. मानव समाजको इतिहास सिकार र खाद्यसङ्ग्रहबाट सुरु भएको थियो । त्यो अवस्था खेती र पशुपालन कालको सुरुवातसम्म रह्यो ।
त्यतिखेरको समाज भने रक्तसम्बन्धमा आधारित गोत्रसमाज थियो । सामूहिक स्वामित्व थियो र त्यो पनि रक्त सम्बन्धको परिणाम थियो, सामूहिक श्रमको परिणाम थिएन । त्यो बेलाको समूह विशिष्ट प्राकृतिक समूहबद्धता मात्र थियो ।

पशुपालन र कृषिको सुरुवातपछि मानव प्रकृतिको निर्भरताबाट आत्मनिर्भरतातिर अग्रसर भयो । उत्पादक शक्ति परिवर्तन भएपछि अनिवार्य रूपमा परवर्तन भएर गोत्र समाज विघटित भई श्रममा आधारित भएर वर्गसमाजको उत्पित्ति भयो । आजभन्दा ६ हजार वर्षपहिलासम्म रहेको यो व्यवस्था करिब साढे नौ लाख वर्ष चलेको थियो ।

उत्पादन छाक टार्न मात्रै भए पनि सिकार र कन्दमुल बराबरी बाँडेर उपयोग गरिन्थ्यो ।

चिम्पान्जीसँग ५४ लाख वर्षपहिले छुट्टिएर ४० लाख वर्षअघिका होमिनिडहरू दुई खुट्टाले टेकेर र २५ लाख वर्षअघिका अस्ट्रोपिथेकसग्राहीले पहिले हतियार निर्माण र प्रयोग गरेको अनुमान होमोरेक्ट्स मानवजातिले १५ लाख वर्षपहिले ढुङ्गाको हातेबन्चरो प्रयोग गरेको थियो । सजिलै जन्तुको सिकार गरेर बाँडीचुँडी खाने ढुङ्गाको औजारले हिंस्रक जनावरबाट बच्ने अवस्थामा साढे सात लाख वर्षपहिले आगोको आविष्कार भएको मानिन्छ ।

आगोमा पोकेको खाना सजिलै पच्ने भई त्यसबाट दिमागको विकासमा मद्दत पुग्यो । पुरुष टाढा टाढासम्म सिकार खेल्न जाने र महिला बासस्थानमा रहन थाले । हालसम्म जीवित रहेको बुसमेन मानवले ७० हजार वर्षपहिले रीतिरिवाज सुरु गरेको पाइएको छ ।

आन्तरिक न्याय, बाह्य युद्ध र आर्थिक योजनाको पनि सञ्चालन गर्नुपर्दथ्यो । सम्पूर्ण वयष्क पुरुष हातहतियारसहित लड्न जान्थे । व्यक्तिगत भन्ने त्यो समाजमा केही पनि थिएन ।

२. चार हजार वर्षमा मातृसत्ताको सट्टा पितृसत्ता पनि सँगै जन्म भएको हो । त्यतिखेर व्यक्तिगत रूपमा सोच्न अप्ठ्यारो हुन्थ्यो । सिकारबाहेक पशुपालनको व्यवसाय खुलेपछि विस्तारै व्यावसायिक वर्गको उत्पत्ति भयो । लडाइँमा हार्नेलाई मार्नुको सट्टा दास बनाएर बढी काम लिँदा फाइदा हुने भएकाले आफ्नो भूमिअन्गर्तत दासताको चरित्र देखिन थाल्यो । पितृसत्ताको बेरोकटोक राज्य कायम भयो ।

व्यक्तिगत सम्पत्तिको बाटो खुल्यो । समाजमाथि व्यक्तिको प्रभुत्व बढ्दै गयो । महिला पुरुषका दासी र नोकर्नीको रूपमा परिणत हुँदै गए । समाज विकासतर्फ सङ्क्रमण गर्न थाल्यो ।

कठिन काम गर्न र प्रशस्त श्रमको खाँचो पूर्ति गर्न मानिसलाई कमारा बनाई दासप्रथा सुरु गरियो । पहिलो दासी महिला भए । दासको बथानलाई जबर्जस्ती कब्जा गर्ने भएपछि कबिला प्रमुखको काम सङ्गठन गर्ने हुन गयो । आफ्ना नजिकको र विश्वासपात्रलाई नियुक्ति गरेर शासन गर्दै गर्दा वर्गविभाजनलाई अझै चर्काे बनाउने गरी कुलीन वर्गको जमात नै तयार भयो । सैनिक जवानलाई मात्रै हतियार चलाउन दिँदा निर्धा कबिलालाई हराएर क्षेत्र विस्तार गर्दै गर्दा कबिला क्षेत्र राज्यमा र कबिला प्रमुख राजामा परिणत भयो । समानताका कुरा दास मालिकलाई मात्र भई दासको हत्यासमेत अपराध मानिदैन्थ्यो । दासप्रथा नभएको संसारको कुनै देश थिएन ।

दास समाजमा चार थरि वर्ग थिए : १. दासमालिक, २. दास, ३. स्वतन्त्र किसान र ५. शिल्पकार । पछिल्ला दुई वटा वर्ग र सहयोगी वर्ग थिए । श्रमविभाजनको नियम नै वर्गविभाजनको आधार हो । वर्गविभाजनको औचित्य एउटा निश्चित युगका लागि माग र निश्चित समाजिक परिस्थितिमा मात्र हुन्छ ।

दासव्यवस्थाको मुख्य विशेषता उत्पादक शक्तिको रूपमा दासश्रम र दासश्रममा आधारित सामाजिक व्यवस्था थियो । पहिलो शताब्दी इसापूर्व म्म करिब चार हजार वर्षसम्म अस्तित्वमा रहेको यो व्यवस्था करिब छ हजार वर्षपहिले सुरु भएको थियो । पहिलो शताब्दी इसापूर्वसम्म करिब चार हजार वर्षसम्म अस्तित्वमा रहेको यो व्यवस्था करिब छ हजार वर्ष पहिले सुरु भएको थियो । पशुधनको उत्पादन यो व्यवस्थाको मुख्य काम थियो । मातृसत्ताबाट पितृसत्ताको सुरुवात भई दासव्यवस्थाको सुरुवात थियो ।

दासताको मार खप्ने पहिलो मानिस महिला थिए, गौण वर्ग सहयोगी वर्ग थिए । कबिला प्रमुखको काम सङ्गठन गर्ने, त्यो पनि वर्गीय सङ्गठन अथवा शासक निर्माण गरेर शोषण बढाउने ने थियो ।

३. सामन्तवाद कुलीनहरूको महासङ्घ हो । किसानको जग्गामा हकपत्र नभए छोड्नुपर्ने नियम लागु गर्थे । धर्ममा आधारित रहेर कुनै खास परिवारमा जन्मनुलाई सबैभन्दा ठुलो मानेर महिमागान गर्ने, अलौकिक शक्तिमा विश्वास गर्ने र काम गर्नेलाई तल्लो श्रेणीमा राखेर हेयदृष्टिले हेर्नु सामन्ती व्यवस्थाको विशेषता नै हो । यो सानो मात्राको खेती र स्वतन्त्र दस्तकारिता मिलेर बनेको उत्पादन प्रणाली हो ।

धर्म वर्गीय समाजको उपज भएर सामन्ती ढाँचाको काम ग¥यो । धर्मको प्रभावबाट भोगविलासपूर्ण जीवनको खाका सामन्तको स्वर्ग हो ।

सामन्तवादी शोषणका मूल रूप बेठबेगारी, कुत र सुदखोरी हुन् । आदिम सामूहिक सम्पत्ति टुक्रेर कृषिको प्रादुर्भाव भई सामन्ती व्यवस्था स्थापना हुने निर्णायक कारण थियो । इसापूर्व पहिलो शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म करिब पन्ध्र सय वर्ष यो व्यवस्थाको मुख्य अवधि थियो । यो व्यवस्थाको सुरुवात इसापूर्व पाँच सय वर्षदेखि नै सुरु भएको अनुमान छ । किसानले भूमिबन्धन र निजीबन्धन दुवै ब्यहोर्नुपर्दथ्यो । धर्मले शङ्का नगरिकन विश्वास गर्दै समर्पणको माग गर्दछ । यसले बुद्धिको मात्र होइन, तर्क, पद्धति र इन्द्रिय ज्ञानको समेत निषेध गर्दछ ।

राजनीतिक सत्ता गाउँमा सामन्तसँग र सहरमा पुँजीपतिसँग भई विभाजित थियो । पुँजीपति प्रगतिशील शक्ति भई शोषितको विश्वास जित्यो । यो व्यवस्थामा उत्पादन पिछडिएको हुन्छ र उपयोगका लागि हुन्छ । सामन्तले भोगविलासका लागि लागि र ठाँटबाँठका लागि शोषण बढाउँछन् । उत्पादनको मुख्य साधन जमिन हुने र जमिनमा आधारित सामाजिक व्यवस्था हुने सामन्तवाद हो । प्रतिद्वन्द्वीसित वीरता र सुन्दरीसित प्रेम दुवै शासकका उद्देश्य थिए । कोलम्बसले अमेरिका पत्ता लगाए (१४९२) । पछि युरोप जाने समुद्री बाटो थाहा भएपछि पुँजीवाद सुरु भयो ।

४. सामन्ती व्यवस्थाअन्तर्गत श्रोतसम्पदा र श्रम असीमित हुन सक्ने सम्भावनाको रहस्य खुलेको थिएन । करिब पाँच सय वर्षपहिलेदेखि अस्तित्वमा आएको पुँजीवादी व्यवस्था सत्रौँ शताब्दीदेखि सत्तासित भएर बिसौँ शताब्दीको सुरुदेखि नै एकाधिकारी साम्राज्यवादी अवस्थामा गयो ।

व्यापारीले मजुदरलाई एकै ठाउँमा जम्मा पार्दै गर्दा औद्योगिक कारखानाको उदय भयो । उद्योगको मालिक, व्यापारी र धनी सबै बुर्जुवा वर्गमा परिणत भए । पुँजीपति त्यो व्यापारी हो, जसले आफ्नो कारखानामा माल तयार पार्छ । नाफा मजदुरको सञ्चित श्रम हो । त्यसको स्वामित्व श्रमिकबाट पुँजीपतिकहाँ सरेको हुन्छ । श्रमले निर्माण गरेको पुँजीले नै थप श्रमको शोषण गर्छ ।

पुँजीवादअन्तर्गत पुँजीको उद्देश्य लगानी, मुनाफा आर्जन र पुनर्लगानीका लागि हुन्छ । सामन्तवादी प्रणालीभित्र मुनाफा गर्ने परिपाटी बनेकै हुन्न । पुँजीवादी प्रणालीको प्राण भनेको अतिरिक्त श्रमबाट सञ्चित हुने अतिरिक्त मूल्य र त्यसबाट सञ्चित हुने पुँजीको केन्द्रीकरण नै हो । श्रम सङ्गठन र अन्य राजनीतिक शक्ति पुँजीवादी उत्पादन प्रणालीको मूल मान्यताभित्रै रहेर साङ्गठनिक उद्देश्य पूरा गराउनका लागिपर्ने हुनाले आमूल परिवर्तनको उद्देश्यसहितका राजनीतिक दल भूमिगत हुनुपरेको हो । उपभोक्तावादी संस्कृति व्यापक भएर अभाव र अति भोगविलासबिच सन्तुलन कायम हुन नसक्ने बनाएको छ । आफ्नो अन्तिम अवस्थाको साम्राज्यवाद संसारभरि एकाधिकारी पुँजीवादको रूपमा आफ्नो अस्तित्व कायम गरेको छ ।

साम्राज्यवाद पँुजीवादको सङ्क्रमण कालीन रूपको मरणासन्न अवस्था हो । एकाधिकारभन्दा अगाडि बढ्न पुँजीवादी व्यवस्थामा ठाउँ बाँकी रहन्न ।

५. पुँजी प्रमुख उत्पादक शक्ति र उद्योग तथा व्यापार प्रमुख व्यवसाय पुँजीवादको विशेषता हो । यो पुँजीमा आधारित सामाजिक व्यवस्था हो । सामन्तवादअन्तर्गत सम्पत्तिको उपयोग इज्जत र धाकरवाफका लागि प्रयोग हुन्थ्यो भने पुँजीवादअन्तर्गत लगानी मुनाफा आर्जन र पुनर्लगानी गर्ने उद्देश्यसहित हुन्छ । कामदार श्रमिकमा र काम श्रम तथा रोजगारीमा परिणत भएको अहिलेको अवस्थामा श्रमशक्ति क्रेता र श्रमशक्ति विक्रेतामा विरोधी वर्गको वर्गीय रूप प्रकट भएको उत्पादनको पुँजीवादी तरिकाभित्र उत्पादन प्रकृयाको सामाजिक चरित्र र वितरण प्रकृयाको व्यक्तिगत चरित्रबिचको अन्तरविरोध थाम्न नसक्ने भए मात्र समाजवादी व्यवसथा आउने हो ।

मानव श्रमको प्रथम चरण दासश्रम वा शारीरिक श्रम थियो । उत्पादक शक्तिको रूपमा जमिन भएपछि कृषिश्रम र शिल्पकारी श्रम दुई विशिष्ट श्रम भए । औद्योगिक श्रम यान्त्रीकरण भएर विज्ञान प्रविधिको चरणमा छ । एकाधिकारको आधार पनि विज्ञान र प्रविधि भएको छ । मालिकवर्गले राज्यसत्ताको प्रयोग गरेर दमनचक्र बढाउने र श्रमिकवर्गले सङ्गठित शक्ति प्रयोग गरेर प्रतिरोध गर्दे वर्गीय स्वार्थ रक्षा गर्नेबाहेक अर्काे छोटो र सजिलो बाटो पुँजीवादी व्यवस्थाले बाँकी राखेको छैन । वर्तमान व्यवस्थाभित्र अगाडि बढ्ने र त्यही रोकिने दुवै

उपाय समाप्त हुँदै छन् । जस्ताको त्यस्तै रहेर अस्तित्व जोगाएको अवस्था भए पनि अव समाजवाद अनिवार्य भइसकेको छ ।

एकाधिकारी चरणमा समाजवादका भौतिक पूर्वाधार तयार हुँदै जान्छन् र पुँजीवादको अन्त्य भई समाजवादको सुरुवात हुन्छ ।

कम्युनिस्ट पार्टीले वर्ग र वर्गसङ्घर्ष समाप्त पार्न वर्गउत्पादन गर्ने कारण उन्मूलन गर्ने र उत्पादनका साधनलाई सामाजिक सम्पत्ति बनाउने उद्देश्यसहित काम गर्छ ।

६. हामी बस्ने समाज वर्गीय समाज हो । वर्ग भनेको आर्थिक स्वार्थ र आर्थिक उद्देश्य एकै भएका मान्छेको समूह हो । पुँजीपति वर्ग र सर्वहारा वर्गका स्वार्थ फरक र विरोधी उद्देश्यसहितका हुन्छन् । पुँजीपति वर्ग शोषक र मजदुर वर्ग शोषितवर्ग हुन दुवैका बिचका मध्यमवर्ग हुन्छ । मध्यमवर्ग पनि उच्च मध्यम र निम्नमध्यम वर्गका हुन्छन् ।

श्रमविभाजन र विनिमय सुरु भएपछि वर्गविभाजन भएको हो । पहिलो वर्गविभाजन दास र दासमालिकमा भएको थियो । दासको विरोधका कारणले दासव्यवस्था चल्नै नसक्ने भएपछि सामन्ती व्यवस्था र त्यो चल्नै नसक्ने भएपछि पुँजीवादी व्यवस्था आएको हो ।

शोषणको तरिका उत्पादनको पद्धतिमा निर्भर गर्छ । उत्पादनको पद्धति बदलिँदा शोषणको तरिका पनि बदलिन्छ ।

साधारण जिन्सी उत्पादन पुँजीवादभन्दा पहिलेको उत्पादन प्रणाली हो । त्यसले पुँजीवादका लागि बाटो खोलिदियो ।

पुँजीवादी उत्पादनमा मजदुरसँग आफ्नो निजी औजार र उत्पादनको साधन हुन्न । आफूले उत्पादन गरेको मालको मालिक पनि आफू हुन्न । मालिकबाट शोषित हुन्छ । पुँजीपति वर्गले बेच्नका लागि खरिद गर्छ । मजदुर वर्गको शोषण र पुँजीपति वर्गको नाफा त्यही किन्ने र बेच्ने कुरामा छिपेको छ । पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गसँग उत्पादनका साधन, औजार कच्चा पदार्थ र मजदुरलाई दिने ज्यालासम्म सबै पुँजी हुन्छ । मजदुरले ज्यालामा श्रम बेच्न बाध्य हुन्छ । पुँजीपति वर्गले मजदुरलाई दिने ज्यालाभन्दा बढी काम गराएर नाफा कमाउँछ ।

त्यही मजदुरको शोषण हुन्छ । ज्याला थोरै दिएर मजदुरको बाध्यताबाट पुँजीपतिले नाफा कमाउँछ । मजदुर वर्गको बेहालबाट पुँजीपतिको ऐस आराम मिल्छ ।

मजदुर वर्गले वास्तविकता बुझेपछि राजनैतिक काममा भाग लिन आवश्यकता ठान्दछ । कम्युनिस्ट पार्टीले वर्गसङ्घर्ष निर्मूल पार्ने वर्गउत्पादन गर्ने कारण उन्मूलन गर्ने उत्पादनका साधन सामाजिक सम्पत्ति बनाउने, वर्ग र वर्गसङ्घर्ष समाप्त पार्ने उद्देश्यले काम गर्छ ।

७. समाजको एउटा सदस्यको हैसियतमा श्रम, उत्पादन समूह र सुसङ्गत भाषाले चेतना निर्धारण गर्दछन् । चेतनाको प्रकृया मानव समाजको इतिहाससँग सम्बन्धित छ ।

श्रमिक जनताका सामाजिक कृयाकलाप र वर्गचेतनालाई सम्बर्धन गर्नु कम्युनिस्ट पार्टीको र श्रमिकको अन्य पार्टीको एउटा प्रमुख दायित्व हो । वर्गसङ्घर्षको केन्द्रविन्दु राज्यसत्ता हुन्छ । उदीयमान वर्गले बलप्रयोग गरी राज्यसत्ता खोस्नुपर्छ । वर्गीयमुक्तिका लागि वर्ग र राष्ट्रियमुक्तिका लागि त्यो देशको जनता लड्नुपर्छ ।

परिवर्तनमा आन्तरिक पक्ष महत्त्वपूर्ण र बाहिरी पक्ष गौण तथा सहयोगी मात्र हो । परिवर्तन गर्ने नेतृत्व समूहको अनुशासन, चेतना र दृढता बढी महत्त्वपूर्ण हुन्छ । जनताका बिचमा चल्ने अन्तरविरोधलाई जनवादी पद्धति वा एकता, आलोचना, एकताको आधारमा र ऐनकानुनअनुसार नै समाधान गर्नुपर्छ । क्रान्तिकारी पार्टीले उच्चस्तरको न्याय दिलाउने हो, नभए वर्तमान कानुन छाड्नुहुन्न । जनताको बिचमा आफ्नो काम गर्ने मुख्य जिम्मेवारी हो । जनताको निर्देशनमा काम गर्ने गौण महत्त्वको काम हो । जनताका बिचमा गरिने हाम्रा हरेक क्रियाकलाप जनतालाई सचेत, सङ्गठित प्रभाव घटाउने र विरोधीलाई एक्ल्याउने उद्देश्यसहित हुनुपर्छ ।

जनताका बिचमा जहिलेसकै आफूले जानेको र उनीहरूसँग सम्बन्धित योग्यता प्रदर्शन गर्न जान्नुपर्छ । उनीहरूको चिन्तनको प्रतिक्रियावादी तरिकालाई जनवादी बनाउन पनि योग्यता र समय खर्च गर्नुपर्छ । वर्गसङ्घर्ष र उत्पादन सङ्घर्षमध्ये आफू एउटा मुख्य र अर्काे सहायक ज्ञानको रूपमा प्रस्तुत हुनुपर्छ । जनता र विरोधी राजनैतिक शक्तिसँग प्रस्तुत हुँदा फरक तरिकाले प्रस्तुत हुनुपर्छ ।जनतालाई सचेत पार्ने गरी र विरोधीलाई हराउने गरी आफू प्रस्तुत हुनुपर्छ ।

८. उत्पादन सम्बन्धको समग्र रूप नै सामाजिक सम्बन्ध हो । यो उत्पादन शक्तिको विकास तथा परिवर्तन सँगै बदलिन्छ । नयाँ उत्पादक शक्ति प्राप्त गर्नासाथ मानिसले आफ्नो उत्पादन पद्धतिलाई बदल्छन् । साथै सम्पूर्ण आर्थिक पद्धतिलाई पनि बदल्छन् । हातेमिलले सामन्ती समाज प्रदान गर्छ र वाष्पमिलले औद्योगिक पँुजीवादी समाज प्रदान गर्छ । आर्थिक सम्बन्ध अन्ततः निर्णायक हुन्छ । आर्थिक आवश्यकताको आधारमा अन्योन्यक्रिया चल्दछ ।

अन्तरविरोध उत्पन्न गर्नका लागि ठुलो उद्योग विकसित हुनुपर्छ । त्यसपछि मात्र निजी स्वामित्व मेटाउन सजिलो र सम्भव हुन्छ । ठुलो उद्योगबाट तयार हुने सर्वहारा वर्गले आन्दोलनको नेतृत्व सम्हाल्दा पूरा जनसमुदायलाई आफ्नो साथमा लैजान्छ । अलग–अलग व्यक्तिले समान हितका लििग वर्गको गठन गर्छन् । वर्गले पनि व्यक्तिका विरुद्ध स्वतन्त्र अस्तित्व प्राप्त गर्दछ । समाज समस्याका मान्छेहरू वर्गको अधिनस्त हुन जान्छन् ।

समाजवादको सङ्गठन मूलतः आर्थिक हो । हरेक युगमा भिन्न भिन्न तत्त्वले आफ्नो अस्तित्व विरोधीको रूपमा पाउँछ । त्यो भौतिक टकरावले गर्दा हो । प्रत्येक युगमा बन्धन हटाउने प्रयत्न उत्पादक शक्तिको विकासको अनुरूप हुने हुँदा नयाँ विकासमान उत्पादक शक्तिको इतिहास हो । विजेता भए पनि समुदायका उत्पादक शक्तिको विकासको त्यो चरणको अनुरूप हुनुपर्छ । त्यसो नभए उत्पादक शक्तिको अनुरूप बदलिनुपर्छ ।

सर्वहारा वर्गद्वारा गरिने अधिग्रहणमा उत्पादनका औजारको समूहलाई हर व्यक्तिको अधिनस्त बनाउनुपर्छ । सम्पत्तिलाई सबैको बनाउनुपर्छ । सर्वहारा वर्गको सम्पूर्ण स्वरूप र शक्तिबिना अधिग्रहण सम्पन्न गर्न सकिन्न । क्रान्तिमा सर्वहाराले आफू टासिएको पूर्ववर्ती स्थितिबाट समेत छुटकारा पाउँछ । यसबाट पूराका पूरा इतिहासलाई चेतनाको विकासक्रम प्रकृयामा बदलिन सम्भव भयो ।

९. प्रेस स्वतन्त्रता, चुनावको स्वतन्त्रता, वाक स्वतन्त्रता, सभा–सङ्गठनको स्वतन्त्रता, शिक्षा प्राप्त गर्ने स्वतन्त्रता, रोजगारीको अधिकार, न्यायको समानता, राष्ट्रिय समानता आदि पुँजीवादी जनवादको अङ्ग बनाएर तिनको रक्षा गर्ने आफ्नो जिम्मा भएको पुँजीपतिले दावा गर्छन् ।

प्रेस पुँजी लगाएर स्थापित गरिन्छ । जनमतलाई प्रभाव पार्ने सबैभन्दा शक्तिशाली हतियार पनि यो हो । पुँजीपतिको नीति विचारधाराको प्रचार गर्छ । पुँजीपतिका हित न्यायपूर्ण बताउँछन् । चुनावमा रुपियाँको खोलो बगाउने शक्ति र व्यक्ति मात्र विजयी बन्छन् । पुँजीपति वर्गको स्वार्थमा बाधा पुग्ने भए आफ्नो सुरक्षाका लागि फासिवादी रूपग्रहण गरेर अल्पमतले सत्ता चलाउँछन् । जनताद्वारा चुनिएको सत्ता जतिसुकै उच्च भए पनि प्रमुख जिल्ला अधिकारी वा प्रहरीको निर्णय अवज्ञा गर्न सक्दैन र हुन्न पनि ।

मजदुर युनियन खोल्ने अधिकार भए पनि सक्रिय मजदुरलाई जागिर खोसिनु, कार्यालयमा ताला र नेतालाई जेल पठाउने गरिन्छ । हजारौँ मजदुरलाई रोजगारी नहुँदा उनीहरूका न्यूनतम आवश्यकता पूर्ति गर्न ध्यान दिइन्न । क्रान्तिकारी भावनालाई सुताएर शोषणको बाटो खुला बनाइरहन्छन् ।

गरिबका लागि न्यायिक समानताले कुनै अर्थ राख्दैन । नामी वकिल राखेर आफ्नो पक्षमा फैसला गर्न सक्दैनन् । त्यसैले यसलाई पँुजीवादी तानाशाही व्यवस्था भनिन्छ । राज्यसत्ताका बेग्लाबेग्लै स्वरूप भए पनि सार रूपमा पुँजीपतिको अधिनायकत्व नै हुन्छ । सबै जनजाति र पिछडिएका जाति पुँजीपतिका मजदुर आपूर्तिको आधार बन्ने गर्छन् र शोषणको सिकार बन्न पुग्छन् ।

जमिन र उत्पादनका अन्य साधन निजी रहेसम्म पुँजीवादी अधिनायकत्व भई श्रमजीवी जनतालाई दमन गर्ने व्यवस्था रहिरहन्छ । सुरुमा यही पुँजीवादी व्यवस्थामा श्रमजीवी जनताको हितको प्रतिनिधित्व थियो† किनभने, सामन्ती शोषणभन्दा प्रगतिशील थियो । जनवादका लागि हुने सर्वहारा वर्गको सङ्घर्ष समाजवादसँग घनिष्ट रूपले सम्बन्धित हुन्छ । सर्वसाधारण जनताको जनवादी अधिकारका लागि हुने सङ्घर्षले समाजवादी क्रान्तिलाई अगाडि बढाउँछ ।

१०. माक्र्सवाद विश्वलाई बदल्ने कामको निर्देशक सिद्धान्त हो । शोषित श्रमजीवी वर्गले माक्र्सवाद जान्नैपर्छ । वर्गविभाजन रहेसम्म र वर्गबिच अन्तरविरोध रहेसम्म वर्गसङ्घर्ष पनि निरन्तर चलिरहनछ । राज्यसत्ता एउटा वर्गको प्रतिनिधि संस्था रहन्छ ।

एङ्गेल्सको भनाइ छ– “वस्तु र तिनीहरूको धारणागत रूपको अध्ययन गर्दा तिनीहरूको अन्तरसङ्घर्षको शृङ्खला, गति, उदय र अन्तको आधारमा अध्ययन गर्नु पर्छ ।” जति छिटो शोषितवर्गलाई सङ्गठित पार्ने, सचेत तुल्याउने र वर्गसङ्घर्ष तीव्र रूपले चलाउन सहयोग गर्ने काम गरिन्छ, त्यति नै छिटो क्रान्तिले साकार रूप लिन्छ । शोषण र उत्पीडनबाट मुक्त हुन त्यसको जरो खोजेर अन्त गर्नुपर्छ । बन्धन र दासतालाई छाडेर समाज बदल्नुपर्छ । त्यसैले विकास र परिवर्तनको नियम थाहा पाउनुपर्छ ।

मानव मुक्तिको सङ्घर्ष चलाउन सर्वहारा वर्गले लिएको हतियार माक्र्सवाद हो । भौतिक पदार्थभित्रको अन्तरविरोध र बाहिरका अन्य पदार्थसँगका अन्तरविरोधमध्ये पहिलो परिवर्तनको मूल कारण हो । राजनैतिक कलाकर्मीको काम आफू लहैलहैमा नलाग्ने, जनतालाई सचेत, सङ्गठित र आन्दोलित पार्ने हो । आफू सुविधाभोगी भएर अरूलाई मुक्त बनाउँछु भन्ने होइन । विभिन्न विचारधारा र परस्पर विरोधी सिद्धान्त भएका शक्तिबिच समेत कुनै साझा उद्देश्य भयो भने सहकार्य पनि हुन सक्छ ।

नेपाली क्रान्तिका दुई पक्ष हुने छन् : पहिलो– साम्राज्यवाद विरुद्ध देशलाई पूर्ण रूपले स्वाधीन बनाउने र दोस्रो पक्ष– सबै जातजातिका भाषा, धर्म, संस्कृति र लिङ्गको समानता भएको जनतान्त्रिक अभिभारा पूरा गर्ने । जनतन्त्रको मूलभूत सार नै स्वतन्त्रता र समानता भएकाले सबै जनतामा आधारभूत समस्याको सम्बोधन गर्नु राज्यसत्ताको काम हो ।

११. ऐतिहासिक अध्ययनमा सही ज्ञानले अधिकांश जनतालाई ध्यानमा राख्नुपर्छ । क्रान्तिकारी युगको सही ज्ञान पाउनका लागि हामीले सत्ताका लागि सङ्घर्ष गरिरहेको वर्गलाई हेर्नुपर्छ । पुरानो सत्तारूढ वर्गका शक्ति खोसेर आफ्नो अधिकार जमाउन कोसिस गरिरहेका वर्गलाई चिन्नुपर्छ ।

मानव समाजको विकासको मुख्य सञ्चालक शक्ति परस्पर विरोधी वर्गको सङ्घर्ष नै हो । समाजका नयाँ वर्गमा विभाजन हुने कुरा उत्पादक शक्तिको उपयोगमा विकासको अवस्थामाथि निर्भर गर्छ । मानव समाजमा सबै किसिमका परिवर्तन आफ्नो ज्ञानको भन्डार बढाएर उत्पादनमा गरेका उपयोगको फलस्वरूप वर्गसङ्घर्षले गराएको छ ।

उदीयमान पुँजीवाद र मरणासन्न समान्तवादका कारण व्यक्तिलाई बढी अधिकार दिने तथा केन्द्रीय सत्ताको अधिकार कम गर्ने विचारको सङ्घर्षबाट पुँजीले सर्वोच्च स्थान पायो । समाजमा प्रभुत्व राखेको वर्गको विचारलाई बाँकी समाजमाथि थोपर्ने गरिन्छ । त्यो वर्गको पक्षमा राज्ययन्त्र परिचालित हुन्छ । प्रभुवर्गको भौतिक शक्ति नै वैचारिक शक्ति पनि हुन्छ । त्यो वर्गका सदस्य आम अरू मान्छेभन्दा ठुलो मानिन्छ । तर आफ्नो विचार स्विकार नगरे लागु पनि पनि नगर्ने हुनाले समाजका सबै सदस्यलाई मनाउन कोसिस गर्छ ।

नयाँ परिस्थिति तयार भएपछि नयाँ तरिकाबारे सोच्नैपर्छ । परिस्थिति तयार नभएको अवस्थामा सोच्न र कल्पना गर्न सकिन्न । भौतिक परिस्थितिबाट एक पटक विचार उत्पन्न भएपछि अनिवार्य रूपमा काममा र घट्नाक्रममा प्रभाव पार्छ । नयाँ परिस्थितिमा आधारित विचार प्रगतिशील हुन्छ । पहिले भौतिक संसार आउँछ र मानिसका अनुभवसिद्ध ज्ञान पछाडि आउँछन् ।

आवश्यक वस्तुको उत्पादन गर्ने क्रममा नै मानिसले अनुभव प्राप्त गर्छ । पुरानो वर्गसम्बन्ध नयाँ उत्पादक शक्तिको प्रयोग गर्नमा बाधक बनेपछि आफ्नो भविष्य भएका उत्पादक शक्ति सचेत र सुनियोजित ढङ्गबाट अगाडिका उद्देश्य पूरा गर्छन् ।

११. प्रकृतिले सित्तैमा दिएका जल, जमिन, जङ्गल अन्य र खनिजन्य वस्तु र मानव समाजले बनाएका औजार, उपकरण, प्रविधि सबैलाई व्यक्तिगत शोषणको आधार बनाएका छन् । व्यक्तिगत स्वामित्वका कारणले बहुमत सङ्ख्याका श्रमजीवी अल्पमत सम्पन्नवर्गको शोषण खप्न बाध्य बनाएको छ । उत्पादन, वितरण र उपभोगका चिज सामूहिक प्रकृतिका छन् । कोही पनि एक्लै व्यक्तिको श्रमले तयार हुन्नन् । तर स्वामित्व व्यक्तिगत भएकाले शोषणको अस्तित्व बलियो भएको छ ।

मुक्त हुनु भनेको समानताको र शोषणविहीनताको अवस्था हो । त्यो भनेको खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य रोजगारका समस्या सजिलै समाधान हुने अवस्था हो । दासताको बन्धन तोडेपछि दासले, जग्गाको स्वामित्व आफ्नो बनाएर सचेत र सङ्गठित भएपछि सर्वहारा हुन्छन् । सर्वहाराले प्रतिष्पर्धा, निजी सम्पत्ति र सबै वर्गभेदलाई उन्मूलन गरेर मुक्त हुन्छन् । सम्पत्ति केन्द्रीकरणको अवस्थाले राजनीतिक केन्द्रीकरण खोजेको छ । त्यो पूरा गर्न सर्वहारा वर्गको नेतृत्वमा मजदुर–किसानको सचेत, सङ्गठित र अनुशासित प्रयत्नले मध्यमवर्गको सहयोग र समर्थनमा राज्यसत्ता कब्जा, सञ्चालन र सामूहिक स्वामित्व निर्माण गर्नुपर्छ ।

वर्णव्यवस्थामा ब्राह्मण र क्षेत्रीले सामाजिक र आर्थिक व्यवस्थाको नेतृत्व गरेका थिए । वैश्य र शूद्र मिलेर दरिद्रताको सामना गरेका थिए । अहिलेको समाज आर्थिक एकाइको परिवारबाट राजनैतिक एकाइको परिवारमा रूपान्तरण भई सम्पूर्णता र सामूहिकतातिर बढिरहेको छ । सामूहिकता कसैले रोकेर रोकिने अवस्थामा रहन्न । समाजवाद अवश्यमभावी छ ।

१३. मजदुरले काम गर्छन् । उनीहरूको कामबाट जम्मा भएको धन पुँजीपतिकहाँ जम्मा हुन्छ । सङ्ख्यामा धेरै मजदुर, व्यक्तिगत सम्पत्ति धेरै पुँजीपतिसँग हुने वर्तमान व्यवस्था हो । यो व्यवस्थाले शोषणलाई छुट दिएको कारणले असमानता बढेको हो । समानता ल्याउन सामाजिक व्यवस्था फेर्नुपर्छ ।

पुँजीवादी समाज, सामन्तवादी समाज र सामाजवादी समाज अलग–अलग समाज हुन । पुँजीवादी समाजमा माल उत्पादन जनताका आवश्यकता पूरा गर्नका लािग नभएर नाफाका लागि गरिन्छ । व्यक्तिगत सम्पति र धनी व्यक्तिको बढी महत्त्व हुन्छ । उसैको हित गर्ने नियम–कानुन हुन्छ । सम्पन्न वर्गीय समाज भएकाले आफ्ना मान्छे कर्मचारी राखेर राज्यसत्तामार्फत श्रमजीवी वर्गमाथि दमन गर्छन् । पार्टी खोल्न छुट हुन्छ । तर पुँजीपतिको हितलाई ध्यानमा राखेर मात्र आफ्ना गतिविधि चलाउने बाध्यता हुन्छ ।

समाजवादी समाज पनि वर्गीय समाज नै हो । सर्वहारा वर्गले आफ्नो वर्गको सङ्गठित शक्तिको बलले राज्यसत्ता कब्जा गरेर मुट्ठीभर पुँजीपति वर्गमाथि शासन गर्छ । मजदुर वर्गले पुँजीपति वर्गमा आफ्नो शासन कायम राख्नका लागि राज्यसत्ताको सत्ता कब्जा गरेपछि सुरु हुन्छ । समाजवादी विश्वदृष्टिकोणले सत्ता कब्जा गरेपछि सुरु हुन्छ । समाजवादी विश्वदृष्टिकोणसहित वैचारिक र सांस्कृतिक रूपान्तरण गरेर नयाँ समाज बन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार