मार्क्सवाद बारे मेरो अध्ययन

  •   
  •  
  •  
  •  
  •  
  •  

728 जनाले पढ्नु भयो ।

पेरीस कम्युन र मार्क्वाद
मार्क्सवादलाई क. लेनिनले ब्यबहारिक रुप दिएका छन् । रुसमा बर्ग संघर्ष गरेर तर पेरिस कम्युनले संसारलाई ठुलो शिक्षा पनि दिएको छ । त्यहाँको सफल क्रान्ति र तुरुन्त सत्ता पतन हुनु कम्युनिष्ट आन्दोलनको एउटा ठुलो पाठ थियो । त्यसको अध्ययन बिना बर्ग संघर्षमा सफलता पाउन सकिंदैन र क. लेनिनले पनि त्यो संघर्षबाट शिक्षा लिएर मात्र रुसमा क्रान्ति सफल पार्न र त्यो ब्यबस्था लामो समयसम्म टिकाउन सकेका थिए ।

मार्क्सवादको ऐतिहासिक रुप सामाजिक क्रान्ति हो । जसले संसारका मानव समुदायलाई दुई बर्गमा बर्गकृत (रेखाङकित) गर्न सफल भए । शोषक र शोषित बर्ग बिचको त्यो सम्बन्ध के हो र त्यसलाई बर्ग बिहिन समाज निर्माणका लागि र समान्त समाजको अन्त्य कसरी सम्भव छ ।

त्यसैमा आधारित भएर बर्ग समन्वयका लागि बर्ग संघर्षको सिद्धान्तका रुपमा कार्लमार्क्स र फ्रेडरिक एगेल्सलद्वारा तयार पारिएको कम्युनिष्ट पार्टीको घोषणा पत्र सन १८४८ जसले दुनियाँ भरिका गरिखाने बर्गको प्रतिनिधित्व गर्दछ । जब यो घोषणा पत्र बाहिर आयो जर्मन लगायत बिकासोन्मुख देशहरुमा एक प्रकारको समाजिक क्रान्ति सुरु भएको थियो ।

फ्रान्सको राजधानी रहेको शहर पेरिसका मजदुरहरुले सन १८७१ मार्च महिनामा मानव जातिको ईतिहासमा कहिलेई नबिर्सने बहादुरी साथ लडाई लडेर पुँजिपति बर्गको हातमा रहेको शासन सत्तालाई पल्टाएर विश्वमा पहिलो पटक श्रमजिवि वर्गको राज्य सत्ता स्थापना गरेका थिए । त्यसलाई उनीहरुले पेरिस कम्युन नाम दिएका थिए । त्यो बेला फ्रान्समा पुँजिको बिकाश भैसकेको थियो । जसले मजदुरहरुको ब्यापक शोषण गरेर उनलाई पटक–पटक धोका दिएर राज गरेको थियो ।

यहाँ सन १८४८ मा भएको मजदुर बिद्रोहलाई दवाउन पुँजिपतिहरुले अत्यन्त क्रुर ब्यबहार गर्दा सम्पुर्ण जनता अत्यन्त आक्रोशित र ब्यबस्था माथि घृणा गर्दथे । अन्तगत्वा कलह बढ्दै गएपछि त्यहाँको राष्ट्रिय सभा भंग भएको थियो ।

सन १८५२ मा नेपोलिएनको भतिजो लुई बोनापार्टको हातमा सत्ता पुगेको थियो । उसले पुँजिपतिहरुलाई मजदुरहरुबाट र मजदुरहरुलाई पुँजिपतिहरुबाट रक्षा गर्ने जस्ता कुरा गर्दै आठ बर्षसम्म सत्ता चलाएका थियो । सन १८७० को सेप्टेम्बरबाट फेरी त्यहाँ बिद्रोह सुरु भएको थियो र २८ मार्च १८७१ मा विश्वको पहिलो मजदुर राज्यको रुपमा पेरिस कम्युनको घोषणा भएको थियो । भनौ जम्मा बिस बर्षमै कार्ल मार्क्स, फ्रेडरिख एगेल्सको बर्ग संघर्षले मुर्तरुप लिन सफल भएको थियो । यध्यपि यो ब्यबस्था बिभिन्न कारणले टिक्न सकेन र जम्मा ७१ दिनको कम्युनहरुको हातमा रहेको राज्यसत्ता पुँजिपतिहरुले सत्ता हत्याएका थिए ।

कार्लमार्क्सले पेरिस कम्युनको उपलब्धी र त्यसको असफलता माथि चर्चा गर्दै भन्छन् “कम्युन भित्र नै सैद्धान्तिक अस्पष्टता र अन्तरबिरोध चर्किनु, बालांकिवादीहरुको बहुल्याता र प्रूधोवादीहरुको अल्पता, कतिपय नीति निर्माणा गर्दा र ति नीतिलाई कार्यान्वयन ठिक ढङ्गले हुन नसक्नु, आर्थिक क्षेत्रमा प्रूधोवादी र राजनीति क्षेत्रमा बालांकिवादी लागु गर्दा र पुराना अप्राधिहरु माथी तत्काल कार्वाही नहुनु, बैँकहरुलाई राष्ट्रियकरण नगरिनु जस्ता कयौँ कम्जोरीहरु जिम्मेवार रहेको कार्ल मार्क्सले बताएका थिए ।

खास गरेर कम्युनिष्टहरुको आपसमा वैचारिक मतभेद प्रमुख कारण छ भने त्यसका साथसाथै आपसी मनमुटाव, व्यक्तिगत महत्वाकांक्षा, कुण्ठा ग्रस्त अशन्तुष्टी वा अनावश्यक गुटले आदिका कारण नै स्वयं कम्युनिष्टहरुले बढि नोक्सान ब्यहोर्नु परेको देखिन्छ । यो वास्तबिकतालाई कम्युनिष्ट आन्दोलनको ईतिहासले छर्लङ्गै पारेको छ तर जसजसले साँचै भन्दा कम्युनिष्ट शासन चाहेका हुन्छन् अर्थात संसारका बहुसंख्याक जनता परिश्रम गरेर खाने श्रमजिवि बर्गको हितको लडाई लडेका हुन्छन् उनीहरु अथक र अनबरत सैद्धान्तिक संघर्र्ष गरेर कम्युनिष्ट आन्दोलनलाई हाँक्दै अगाडि बढेका हुन्छन् ।

पेरिसको कम्युनबाट त्यहाँको त्यो पुँजिपतिहरुको ब्यापक दमन अत्याचारबाट शिक्षा लिएर कहिले पनि हतोस्साही नभएर दुनियाँभरिका कम्युनिष्ट पार्टीहरुले मुक्तिको त्यहि कठोर बाटो चुने किन कि अहिलेसम्म मजदुर श्रमजिविहरुका लागि मार्क्सवाद बाहेक अर्को मुक्तिको बाटो छैन । मार्क्सवादले दुनियाँभरिका मुक्तिकर्मिहरुलाई एक शुत्रमा बुनेको छ । जसले केवल बर्ग संघर्षद्वारा गरिखाने बर्गको मुक्ति हुन सक्ने बताउँछ ।

श्रमजिविले सत्ता ल्याउनु वा खोस्नु र खोसेको सत्तालाई स्थायीत्व दिनु ठुलो कुरा हो । आजको दिनमा कतै कम्युनिष्ट शासन ब्यबस्था छैन, जो जति अडाएको छ, त्यो शंसोधनवादीहरु छदमभेषिहरु जस्ले कम्युनिष्टको आवरण भित्र पुँजिवादी ब्यबस्था चलाएका छन्, तिनै मात्र आज कुनै देशको सरकार भित्र बलिया छन् । रुसमा १९१७ को क्रान्ति, चीनमा १९४९ को क्रान्ति पछि मात्रै देशमा तिब्र बिकाश र त्यो देशका जनातामा समानता आएको छ । तर तरवार जसको हातमा आउँछ उसले प्रतिपक्षको गर्धन काटेको ईतिहासले देखाएकोछ । रुसमा १९५६, चीनमा १९७६ मा प्रतिक्रान्तिकारीहरुको हातमा तरवार आयो उसले पुँजिवादीको हितमा श्रमजिविहरुको गर्धन काट्न थाल्यो, तर पनि दुनियाँ भरिका काम गरेर खानेहरुको मुक्तिको बाटो बर्ग संघर्ष नै हो ।

बर्ग संघर्ष :

आज कयौँ मित्रहरुले यो फेशबुकमा आफ्नो भावावेशमा आएर आफ्नो विचारलाई प्रकट गर्ने, पार्टी भित्रका अनुशासनलाई छताछुल्ल बनाउँदै आउनु भएको छ । हामीले बर्ग संघर्षको आँट गरेका छौँ, भने कृपया हामीले सहि अनुशासित बाटो छोप्नु पर्छ । काम जति सकिन्छ गरौँ, चित्त नबुझेका बिचार आ–आफ्नो ठाउँमा राखौँ र एकताको परिचय देउँ ।

जस्तो सुकै अबस्था आईपरे पनि भौतिकवादीहरु द्वौन्दवादमा विश्वास गर्छन्, त्यसैले उनीहरु प्राकृतिक समाजको प्रतिनिधित्व गर्न सक्षेम हुन्छन् । उनीहरुको एउटा स्वार्थ हुन्छ त्यो हो तथ्य र सत्य । उदेश्य पनि उनीहरुको सच्चाईको खोज गर्नुनै हुन्छ ।

त्यसैले गर्दा उनीहरु वैज्ञानिकको नजिक पुग्छन् । सामाजिक राजनीतिक र प्राकृतिक जगतलाई वैज्ञानिक धरातलमा उभ्याएर वैज्ञानिक पद्धतिद्वारा त्यसलाई फिल्टर गरेर परिस्थितिको ठोस मुल्यांकन पछि मात्र त्यसबाट छानिएको तत्वलाई अंगालेका हुन्छन् । जसले गर्दा उनीहरुको सिद्धान्त पनि दुरदर्शिता हुन्छ । जस्तो संघर्ष प्राकृतिकसँग हुन्छ, राजनीतिसँग हुन्छ ठिक त्यस्तो सामाजिक ब्यबहार नहुन सक्छ ।

किन कि समाजमा बिभिन्न बिचारधाराका मानिसहरु हुन्छन् । त्यसैले भौतिकवादीहरुले पनि त्यो समाजमा मेल खानेखालका बिचार र ब्यबहार अपनाउन पुगिन्छ । यदि हामीले त्यहाँ आफ्नै पाराले त्यहाँको बस्तुगत अबस्था भन्दा बढि लादन थाल्यौं भने हामी समाजबाट बहिष्कृत हुन पुग्छौँ । वास्तबमा समाजमा कुनै पनि काम समाजलाई बिश्वासमा लिएर गरेपछि हामीले समाजको प्रतिनिधित्व गर्न सक्ने छौँ । त्यहि मार्क्सवादी–लेनिनवादी पद्धति हो । अहिले कोरोना महामारीले विश्व व्यापि रुपलिएको अबस्थामा यसबाट छुट्कारा पाउन कयौँ ब्यक्तिहरुले झारफुक गर्ने, देवी देवताको नाममा बोकाहरु कबुल्ने, कुखुरा र मदिराहरु चडाएर मुक्ति पाउन खोज्नु जस्तो गलत बिचारधारा देखापरेको छ । यसबाट सबै भौतिकवादी शक्तिहरु मानव समाजको हितमा एक शुत्रमा बाँधिनु पर्ने आवश्यकता छ ।

कम्युनिष्टहरुको लडाई बुजुर्वा राजनीति तथा उनीहरुको शासन प्रणालिसँग किन हुन्छ भने उनीहरु मेहेनतकशहरुको शोषण गरेर रजाई गरेका हुन्छन् । कम्युनिष्टहरुले त्यो शोषणको अन्त्य गरेर समता मुलक ब्यबस्था लागु गर्ने गर्दछन् । त्यसका लागि यो रुढिवादी र गलत बिचार धाराको बुजुर्वाहरुले शोषणको माध्यम बनाएकाले त्यो बिचारको पनि हामीले खण्डन गरेर जान सक्नु पर्छ ।

कम्युनिष्टहरुले सहि अबस्थाको सहि मुल्यांकन गरेर नीति निर्माण गरेका हुन्छन् । उनीहरुले ल्याउने नीति र त्यो ब्यबस्था देशको अबस्थानुसारको हुन सक्छ, हाम्रो देशमा जनवादी क्रान्ति अथवा कृर्षि क्रान्तिको बाटो समाजवाद र पछि साम्यवादसम्म जान सक्किन्छ । यो ब्यबस्थामा जान अहिले नयाँ जनवादी क्रान्तिलाई १००प्रतिसत मानेर त्यहि लक्ष्य प्राप्त गर्ने योजनालाई कार्यनीति भनिन्छ । हुनत हाम्रो लक्ष्य सय प्रतिशत साम्यवाद हो तर पनि त्यो धेरै परको कुरा हुँदा समाजवादसम्म पुग्न पनि हामीलाई जनवाद चाहियो । जनवादसम्म पुग्नलाई हामीले जुन नीति अपनाएर हाम्रो लक्ष्यलाई टेवा पुग्छ त्यहि अपनाउनु पर्छ । हामीले १०० मा पुग्न १ प्रतिशतमा पनि टेक्नु पर्ने हुन्छ । १ मा टेकेर ९९ प्रतिशतका लागि हामीले संघर्षमा जोड दिन्छौँ । सबै भन्दा पहिले कम्युनिष्टहरुले आफुलाई सुधार्ने र आफु अनुशासनमा बस्ने गर्नुपर्छ आफ्नो ब्यबहार जनताले फिल्टर गरेर त्यो ब्यबहारबाट प्रभावित भए पछि मात्र उसलाई कम्युनिष्ट भन्न मिल्छ । आफ्नो आचरणमा सुधार गर्न जनतासँग घनिष्ट सम्बन्ध राखेर न्यायको लागि संघर्षरत छ भने उसले वास्तबमा मार्क्सवाद–लेनिनवादी पद्धति छोप्दै गएको बुझिन्छ तर हाम्रो आन्दोनल सुधारवादी दलदलमा नभाशियोस् त्यसका लागि सजग हुनु पर्छ ।

कहिले कहीं हाम्रो चहाना भन्दा बेग्लई परिस्थिति बन्दछ वा कतिपय अबस्थामा त्यस्तो अबस्था श्रृजना हुन्छ जसलाई हामीले पचाउन अप्ठारो पर्छ तर पनि देश र जनताका लागि त्यो आत्मसाथ गरेर जानु पर्ने हुन्छ । आफुले भनेको जस्तो भएन र आफ्नो चित्त बुझेन भनेर सार्वजनिक ठाउँमा आफ्नो रिस पोख्नुलाई सहि भन्न सकिंदैन । सम्बन्धित ठाउँमा लगातार आफ्नो बिचारलाई उठाउनु पर्छ । सम्बन्धित ब्यक्तिको बिचार सहि छ वा गलत त्यो छलफलद्वारा टुंगो लगाउने पद्धति लेनिनवादी पद्धति हो तर एक पटक बहुमतद्वारा अस्वीकृत भए पछि पनि सम्बन्धित ब्यक्तिले आफ्नो मत विभिन्न माध्यमहरुबाट सार्वजनिक गर्ने वा फेसबुकमा रिस पोख्नु गलत र उसको अत्यान्तै कम्जोरी पक्ष हो ।

हामीले देखेका छौँ, कम्युनिष्ट आन्दोलनमा कहिले कहिं बहुमतद्वारा गलत निर्णय लिएको पनि कयौँ उद्धारणहरु भेट्टिन्छन् । कतिपय वेलामा रुसको, फ्रान्स (पेरिस) को जर्मन लगायतको कम्युनिष्ट आन्दोलनको ईतिहास हेर्दा बहुमतले गलत निर्णय पनि लिएका थिए तर कम्युनिष्टहरुले उनीहरुको गलत बिचारधाराको सैद्धान्तिक रुपले भित्र खण्डन गर्नु पर्दछ भन्ने हामीले ति इतिहासहरुबाट पाठ सिकेका छौं, जसलाई बोल्शेबिक स्प्रीट भनिन्छ । त्यो पनि कुनै बेला अल्पमतमा थियो र लगातारको सैद्धान्तिक संघर्ष गरेको ईतिहास छ । बहुमतको निर्णयलाई कार्यान्वयन गर्दै गलत बिचारको पार्टी संगठन भित्र खण्डन गर्दै कार्यमा एकरुपता लिएर बर्ग संघर्षलाई सफल पारेको रुसको ईतिहास छ ।

हामीले धेरै कुरा नगरौँ, तर यो कुराको अनुमान लगाउँ– पुर्व कम्युनिष्ट पार्टीका दाशर्निकहरुले ब्यक्ति बिशेषको लडाई लडेको भए उनीहरु भुरे टाकुरे बाईसे चौबिसे राजहरु जस्तै बिलाएर जाने थिए । उनीहरुलाई आज कसैले पनि चिन्ने थिएनन् । नत यो संसारमा कुनै उथलपुथलनै हुने थियो । न कसैले केहि खोज गरेर आजको जस्तो बिकास हुने थियो । उस्तै सति प्रथा, उस्तै दास कमारा कमारी प्रथा, जंगलि समाज रहिरहने थियो । समाजमा थुप्रै दार्शनिकहरु निस्वार्थ संघर्ष गरेर मात्र आज दुनियाँमा ठुला–ठुला खोज र परिवर्तनहरु हुनसके र त्यहि संघर्षले मार्क्सवादको उदय भएको थियो । जसलाई आज दुनियाँ भरिका मुक्तिकामीहरुले आफ्नो संघर्षको मार्गदर्शनको रुपमा आत्मासाथ गरेका छन् । आखिर देश र जनताको निमित्त लड्ने मान्छेहरु झिना मसिना कुराहरुमा अल्झिएर यो महान लक्ष्यलाई छाडेर जाँदैन् ।

मार्क्सवादलाई जसले छोपेर अगाडि बढ्ने जमर्को गर्छ, त्यसमा व्यक्तिगत महत्वाकांक्षा हुनु हुँदैन तर सम्बन्धित ठाउँमा संघर्ष गर्ने आफ्नो अधिकारलाई छोड्नु पनि हुँदैन । लगातारको अध्ययनले हामीलाई सिकाएको ज्ञान यहिनै हो । यसैबाट हामीले बर्ग संघर्षको लक्ष्य पुरा गर्न सक्नेछौँ ।

राज्य र क्रान्ति :

आजको यो दौरमा क्रान्तिकारी बिचारको महत्व कैयौँ गुणा बढेर गएको छ । किन चाहियो क्रान्ति भन्ने कुरा परिस्थितिले छर्लङ्गै पारेको छ, तर आवश्यक छ क्रान्ति कसरी गर्ने भन्ने बारे सिक्ने र सिकाउने । यसै सन्दर्भमा लेनिनको कृति राज्य र क्रान्तिको बारे छोटो चर्चा फिदेल कास्त्रोको जुवानबाट गरौँ ।

एकपटक फिदेल कास्त्रोले स्मरण गराएका थिए । क्युवाका क्रान्तिकारीहरुले क्रान्तिकै दौरान मोकदाबारमा हमला गरेका थिए तथा सिएरामयस्त्रको पहाडहरुमा लडाई लडे । उनीहरुले आफ्नो प्युठ्युँ झोलाहरुमा क्रातुशहरुका पेटी, पिस्तोल र हाथगोलाहरु लगायत एउटा अर्को हथियार पनि सँगै लिएर जान्थे । त्यो हथियार थियो । लेनिनले लेखेको पुस्तक “राज्य र क्रान्ति” यदि कुनै क्रान्तिकारी छापामार सैनिक जीवनलाई जहाँ एक–एक ग्राम बारुद्धको गन्ति हुन्छ एक–एक ग्राम निशानको काम आउनु पर्छ, त्यो कठिनाईको बावजुद पनि उनीहरु पुस्तक साथमा लिएर हिंड्छन्, भने त्यो धेरै मुल्यावान हुनुपर्छ ।

लेनिनको यो पुस्तकलाई प्रत्येक महाद्धिपका क्रान्तिकारीहरुद्वारा अंगोलाका वीर सैनिकहरु र चिलिका फासिस्ट बिरोधीहरुद्वारा पुर्तगाल र भियतनामका कम्युनिष्टहरुद्वारा त्यो हरेक देशका निस्वार्थ संघर्षकर्ता एउटा शक्तिशाली शस्त्र मानिन्छ । जहाँ पुँजिको दुनियाँ र श्रमको दुनियाँको बिचमा अन्तिम र निर्णायक संघर्र्ष आउँदै हुन्छ वा सुरु भैसकेको हुन्छ । यो पुस्तकमा सामाजिक संघर्र्षको सामन्या सिद्धान्त मात्र होईन, सामन्या सल्हा पनि होइन (बरु यो नै यसलाई बिशेष मुल्यावान वा महत्वपूर्ण बनाउँछ) त्यसमा बिश्व क्रान्तिकारी संघर्र्षको ईतिहास वा अनुभवको सारांश र खास गरि क्रान्तिको कार्यक्रमलाई “जस्तो कि अब हामीले जान्दछौं ।” त्यो जसमा महान अक्टुबर क्रान्तिको रुप रेखा पनि दिएको छ ।

सन १९१६ को सरदकालमा लेनिनले जूरिचमा मार्क्सवादका संस्थापकहरुको राज्यको प्रश्नले समबन्धित रचनाहरु माथि सिलसिलेवार टिपणीहरुलाई दर्ज गर्न सुरु गरिएको थियो । सन १९१७ को प्रारम्भबाट यो निलो गाताको एउटा नोटबुक लिएर लाईब्रेली जाने गर्दथे, जस्मा उनले मसिना अक्षेरमा मार्क्स र एगेल्सका रचनाहरुका उद्धारणहरु साथै मार्क्सवादका संस्थापकहरु स्पष्ट वा गहन चिन्तनलाई समेट्दै र अवसरबादको सिद्धान्तकारहरुको सैद्धान्तिक दरिद्रतासँग तुलना गर्दै आफ्ना टिप्पणीहरु लेखे नोटबुकको गातामा “राज्यको बारेमा मार्क्सवाद” लेख्यो नोटबुको नियतीमा एउटा क्लासिकी रचना बनाउनु थियो । यो “निलो नोटबुक” को नामले ईतिहासमा प्रविष्ट भयो । यसमा दर्ज सामाग्रीको आधारमा लेनिनले “राज्या र क्रान्ति” शिर्षकले आफ्नो प्रसिद्ध पुस्तक लेखे ।

केहि समयपछि फरवरीको बुजुर्वा क्रान्ति सुरु भयो र अप्रेल १९१७ को प्राम्भ मै लेनिन रुस फिर्ता भए । उनले आफ्नो पुरा जोड त्यो बेला पनि राजनीतिक संघर्षमा लगाए । समय तथा परिस्थिति गम्भिर थियो, त्यो बेला सैद्धान्तिक काम गर्नु उपयुक्त थिएन ।

पेत्रोग्रादका मजदुरहरुको जुलाईको प्रदर्शनलाई निर्ममतापूर्वक कुचेलदिएपछि लेनिन भूमिगत बस्न बाध्य भए, यो यस्तो समय थियो जब कि केहि प्रमुख बोल्शेबिकहरुको पनि यो बिस्वास थियो, कि अब एक अल्प बिराम हुन्छ । क्रान्तिकारी आन्दोलनमा उतारको अबस्था आउँछ । तर स्थितिको बारेमा लेनिनको दृष्टिकोण अधिक गहिरो र दुरदर्शी थियो । अगस्त १९१७ मा प्रकाशित “राज्य र क्रान्ति” को पहिलो संस्करणको प्रस्तावनामा लेनिनले लेखे कि, “दृघकालसम्म चल्ने लडाईको भयावह तथा संकटले जनसाधारणको स्थितिलाई हस्य बनाउँछ र उसको असन्तुष्टलाई बढाई दिन्छ, सर्वहारा क्रान्ति आउँदै छ । त्यसकारण राज्यकोप्रति उसको रवैयाको प्रश्न “अमली राजनीतिक महत्व नै होईन बल्कि जनतालाई यो सम्झाउन सर्वाधिक तत्कालिक महत्व प्राप्त गरिन्छ कि पुँजिको जुवाको नजिक भविष्यमा छुटकारा पाउनको लागि उसलाई के गर्नु पर्छ ।” त्यो कालको घटनाहरुको अनुकृया मात्र लिखित यो पुस्तक आज पनि उत्तिकै महत्वपुर्ण किन छ ? आज पनि गहन रुपमा आधुनिक किन छ ? प्रथम– यसकारणले कि त्यो कालको सबभन्दा महत्वपूर्ण घटना अक्टुबर समाजवादी क्रान्ति थियो । अर्को आधुनिक जगतका अनेक देशहरु कम्युनिष्ट र मजदुर पार्टीहरु तथा राष्ट्रिय मुक्ति आन्दोलन पनि तिनै प्रश्नहरुका नजिक उभिएका छन् । जसलाई १९१७ को ग्रिष्म वा शरदमा लेनिनले तथा बोल्शेबिक पार्टीद्वारा हल गरिएको थियो । तेस्रो– पुस्तकमा ति अवसरबादी तथा शंसोधनवादी संकल्पनाहरुको आलोचना दिईएको छ, जो आज पनि जिवित नै छ । चौथो– यो कम्युनिज्मको निर्माण तथा कम्युनिष्ट आदर्श र उसलाई प्राप्त गर्ने मुख्या अबस्थाको विषद र पूर्ण वर्णलाई पेश गर्दछ । अन्तिममा त्यो कालको फौजी मुद्धाहरुलाई हल गर्नमा लेनिनले उनलाई मार्क्सवादी सिद्धान्तको बुनियाँदी समस्याहरु समाधानसँग जोडेका थिए ।

राज्यको सम्बन्धमा क्रान्तिकारी मुद्धा सर्वहारा वर्गको ठोंस कार्यक्रम वा कार्यहरुलाई निरुपित गर्नमा लेनिन सामन्यात राज्य उसको (उत्पति, मूल सार, अबस्थाहरु तथा बिकासको रुप) सँग सम्बन्धित मार्क्सवादी सिद्धान्तको बुनियादी संस्थापनाहरुमा प्रकाश हाल्दछ । फौरी समस्याहरुको लेनिनद्वारा प्रस्तुत समाधान अबिवाद स्पष्ट र बिस्वशनिय छन्, किन भने यो सम्पुर्ण र सु–स्पष्ट छ ।

हामीले हाम्रो पार्टीको लाईन कता जाँदैछ भन्ने बारे काम्रेड लेनिनका ऐतिहासीक पुस्तकहरुको अध्ययनले पत्ता लगाउन सक्छौँ । फिदेल कास्त्रो आज यो दुनियाँमा छैनन् तर पनि उनले र चे–गुयभेराले लेनिनवादी सिद्धान्तबाट क्रान्तिकारी आन्दोलनलाई प्रमाण दिएको पुष्टि हुन्छ । लेनिनको “रचना राज्य र क्रान्ति” क्रान्तिकारीहरुको लागि उत्तिको आबश्यकता थियो, जति युद्धमा फसेको सैनिकलाई गोलिको आबश्यकता हुन्छ ।

मार्क्सवादको ब्यबहारिक रुप र लेनिन :

समाजवादी क्रान्तिका लागि क. लेनिनले त्यहि मार्क्सवादको महान बाटो अपनाए । पेरिसको घटना उनी जन्मिए पछिको भए पनि उनी शिशुमै थिए किन कि २२ अप्रेल १८७० मा लेनिनको जन्म भएको थियो । पेरिसको घटना १८७१ मा भएको थियो । लेनिन रुसको बोल्घा किनारमा सिम्ब्रिक भन्ने ठाउँमा सामन्या : मध्याम बर्गिय परिवारमा जन्मेका थिए । लेनिनले आफ्नो देशको निरंकुश राजतन्त्र (निकोलश जार) को जरा काट्ने हथियार त्यहि मार्क्सवादको बर्ग संघर्षलाई नै बनाएका थिए ।

क. लेनिनको जन्म दिनको कुरा गर्नु पर्दा हामीले नेपालको सन्दर्भमा अप्रेल २२ को खास महत्व पनि छ, यो दिन सन १८७० मा रुसमा लेनिनको जन्म भएको थियो । यहि दिन सन १९४९ मा (१० बैशाख २००६ साल) भारतको बनारसमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोबिन्द बैद्ध, नरबहादुर कर्माचार्य र नाराणबिलाश जोशी चार जनाद्वारा नेकपाको स्थापना भएको थियो । त्यस कारण यो दिन नेपालको कम्युनिष्ट आन्दोलनमा बिशेष महत्व राख्दछ ।

ईतिहासलाई जस्ताको त्यस्तै पस्किने हिम्मत हरकसैमा नहुनाले सबै जसो लेखकहरुले आ–आफ्नै हाँगा–बाँगालाई फाईदा पुराउने हिसाबले ईतिहासलाई बंगाउने प्रयात्न पनि गर्दै आएको देखिन्छ । त्यो ईतिहाससँग गरेको गद्दारी नै हो । मेरो बिचारमा ईतिहासलाई सधै भरिलाई जिवित राख्नु पर्छ, थोरै पनि बंगाउनु हुँदैन । नेपालको कम्युनिष्ट आन्दोलनमा थुप्रै खलपात्रहरु पनि फेला पर्दछन् तर पनि हामीले ब्यक्तिको भन्दा बिचारको मुल्यांकन गर्दै अगाडि बढ्नु सबैको आबश्यकता हुन्छ ।

आखिर कम्युनिष्ट पार्टीको बिकाश नीतिगत बिकाश किन हुन सकिन ? जवाफमा कतिपय साथिहरुको उत्तर हुने गर्छ– हामीलाई त्यहि बुजुर्वा शिक्षा मिल्यो, त्यहि समाजमा हामी हुक्र्यौ, कतिपय परम्परालाई पन्छाउन सकिएन किन कि त्यो जमानाबाट चल्दै आएको छ, हाम्रा बाउ बाजेले अपनाउँदै आएको रिति रिवाजलाई छोड्न सकिएन आदि इत्यादि भन्दै बिचारहरु ओर्लिएर आफु आफ्नो जिम्मेवारीबाट भाग्न खोज्छन् । किन भने त्यो चल्दै आएको ब्यबस्था गलत हो भन्ने थाहा भए पनि त्यसको बिरोध गर्नु त्यति सजिलो हुँदैन, तर त्यहि ब्यस्थामा बाँधिनु धेरै सजिलो हुन्छ । त्यसैको परिणाम आज हामी कम्यूनिष्ट भनाउँदाहरुको भिडमा पनि कम्यूनिष्ट विचारधाराको रक्षाका लागि संघर्षरत छौं ।

कार्ल मार्क्स, एगेल्स, लेनिन, स्टालिन लगायतका दार्शनिकहरुले पढ्ने पाठशाला के बुजुर्वा थिएन ? उनीहरुका लागि छुट्टै शिक्षा प्रणाली थियो र उनीहरु क्रान्तिकारी भएका हुन ? त्यो बेला झन् तानाशाही निरंकुश राजतन्त्रिय शासन प्रणाली थियो र त उनीहरु त्यसको बिरुद्धमा तयार भएका हुन् । त्यो शोषण अत्याचारको बिरुद्धमा नयाँ खोजतलास गरेर नौलो बिधान घोषणापत्र तैयार पारे, जसबाट सबै श्रमजिवि बर्ग, जातीय, लिङ्गिए समानता र मुक्तिकर्मिहरुको लागि फाइदा मिलोस् । त्यसैलाई आफ्नो जीवन लगाए अनि बिश्वको माझमा ब्यबहारमा उतारेर देखाए ।

ब्लादिमिर ईल्याइच उल्यानोवले पहिलो शिक्षा सेन्ट पिटर्श बर्गमा पढेका थिए, त्यो बेला रुसमा निरंकुश राजतन्त्र थियो । उनी त्यो बेला बिज्ञानका बिद्यार्थी थिए, रुसी समाजमा ब्यापक गरिबी थियो । समाजिक अध्ययन गर्दा त्यो गरिबी जार शाहीको दमन र चरम शोषणले गर्दा हो भन्ने बुझेका अलेक सान्द्रवले जारप्रति घृणा गर्थे र उसको बिरुद्ध गुप्त कुनै संस्थामा काम गर्थे । पछि उनलाई जार तृतियाको हत्या गर्ने योजनामा लागेको आरोपमा केहि अरु ब्यक्तिहरुसँगै अलेक शान्द्रावनालाई पनि गिरफ्तार गरियो । केहि दिन पछि उनलाई फाँशीमा झुण्डाएर मारियो । यो घटनाले लेनिनलाई हृदयमा ठुलो अघात पुग्यो । अलेक सान्द्रा लेनिनका दाई मात्र थिएनन् उनको एउटा घनिष्ट साथी शिक्षक पनि थिए, लेनिनलाई पहिलो पल्ट मार्क्सवादको चिनारी गराउने पनि उनै थिए । उनी एकजना देशभक्त र निरंकुश बिरोधी मध्यका हुन् । यो घटना पछि पनि लेनिन हतास भएनन् र मार्क्सवादको गहन अध्ययन गर्न थाले ।

लेनिनले मार्क्सवादको गहिरो अध्ययन र रुसी समाजिक बिष्लेशण पछि यो निष्कर्शमा पुगेका थिए कि एउटा जारलाई मारेर रुसको निरंकुश ब्यबस्थाको अन्त्य हुँदैन, एउटा जार मरे अर्को जार जन्मिन्छ । रुसको राजतन्त्रलाई समाप्त पार्नका लागि बर्ग संघर्षको थालनि गर्नु पर्छ । केवल बर्ग संघर्षले मात्रै यो समस्याको समाधान गर्न सक्छ भन्ने कुरा बुझे पछि उनी कम्युनिष्ट पार्टीको गठन गर्ने तिर लागेका थिए ।

रुसमा त्यो बेला प्लेखानोवको ब्यापक प्रचार थियो, उनीहरुले रुसी समाजको बिष्लेशण गर्दै मार्क्सवादका पुस्तक र पत्रपत्रिकाहरु प्रकाशन गरेका थिए । रुसी क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने बारे ब्यापक बहस पनि चल्दथ्यो । क. लेनिनले पनि ति बहसहरुमा भागलिंदै गए । त्यो बेलाको निरंकुश राजतन्त्रले गर्दा सबै काम कार्वाहीहरु लुकेर भुमिगत रुपमा हुने गर्थे तर पनि जेल पर्दै भाग्दै पटक–पटक भुमिगत कार्यक्रमहरु सञ्चालन गर्दै गएका थिए । सन १८९५ मा उनी रुसबाट भागेर युरोप गए । त्यहाँबाट क्रान्तिकारी पत्रिका प्रकाशन गरेर गुप्तरुपले रुस पठाउन थाले । पछि रुस फर्केपछि गिरफ्तारीमा परे र तिन बर्षका लागि साईबेरियामा निर्वाशन गरिए । त्यहाँ बस्दा उनले मार्क्सवादको गहन अध्ययन गरे र “राज्य र क्रान्ति” गाउँका गरिबहरुलाई, जस्ता केहि ऐतिहासिक पुस्तक लेखेका थिए ।

सन १८९८ मा सामाजिक जनवादी मजदुर पार्टीको स्थापना गरि क्रान्तिको कामलाई अंघि बढाए । उनले नयाँ समाजको स्थापना गर्न चाहान्थे, जस्मा नकुनै गरिब होस नकुनै धनि, सबैले काम गर्ने र कामको फल पनि सबैले पाउने । वास्तबमा मुट्ठिभर शोषक सामन्तहरुसँग भएको सुख र सुबिधालाई खोसेर बहुसंख्यक श्रमजिवि जनतालाई दिनका लागि बर्ग संघर्ष गर्न चहान्थे । उनलाई कुनै बुजुर्आ शिक्षा संस्कार, रुढिवादी परमपरा, सामन्तवादी पाठ्यापुस्तक आदिले कहिल्यई रोक्न सकेन । सैद्धान्तिक संघर्षमा कम्युनिष्टहरुलाई प्रशिक्षण दिँदै उनी क्रान्तिकारी संघर्षमा होमिए ।

सन १९०५ मा उनको का.जोसेफ स्टालिनसँग भेट भयो, उनीहरु त्यो बोल्शेबिक सम्मेलनमा सरिक भएका थिए । त्यसपछि दुबै जना जार शाहि बिरुद्धको आन्दोलनमा अगाडि बढे । सन १९१७ मा फरवरी क्रान्तिले धेरैलाई भ्रमित गर्यो, यहाँसम्म कि बोल्शेबिकहरु समेतले अब यहि ब्यबस्थाले क्रान्तिलाई तुहाउने भयो भनेर कानेखुसी गर्दथे । लेनिनले पुँजिवादी केरेंशिकहरुको भण्डफोर गर्दै क्रान्तिकारी गतिबिधि अगाडि सारे । उनले त्यो जारको सरकारसँगै केरेंशिक सरकार समेतलाई उखेलेर फाल्न सफल भए ।

महान अक्टुवर क्राति सन १९१७ मा सम्पन्न पारेर संसारलाई चकित पारे । रुसमा मार्क्सवादको बर्ग संघर्र्षलाई संसारमा ऐतिहासिक रुपमा लेनिनले पुष्टि गरेर देखाए । मार्क्सवादलाई ब्यबहारमा उतारेर देखाएको केहि बर्षपछि २१ जनवरी १९२४ मा क. लेनीनको निधन भयो । उनी आज हाम्रो समक्ष उपस्थित नभए पनि उनको बिचार र सिद्धान्तले आज पनि संसार भरिका मुक्तिकर्मिहरुको नेतृत्व गर्दैछ । अहिले यो कोविड १९ ले गर्दा कार्यक्रमहरुको आयोजना हुन नसके पनि हामीले अप्रेल २२ लाई कहिले भुल्ने छैनौं । अहिले १५० औं लेनिन दिवस र ७१ वा पार्टी स्थापना दिवसलाई सबैले प्रेणाको रुपमा लिएर अगाडि बढ्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *