मूल प्रवाहका अध्यक्षद्वारा राजमो अध्यक्ष केसीको शिघ्र स्वास्थ्य लाभको कामना

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको शिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्नुभएको छ ।

शुक्रबार अध्यक्ष दुर्गा बहादुर केसीले एक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता प्रकट गर्नुभएको छ ।

वक्तव्यमा लेखिएको छ :

“राष्ट्रिय जनमोर्चाका अध्यक्ष कामरेड चित्रबहादुर के.सी.को स्वास्थ्यप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गम्भीर चिन्ता प्रकट गर्दछ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर के.सी. अहिले मेडिसिटी हस्पिटल ललितपुरमा उपचाररत हुनु हुन्छ । नियमित अस्पतालमा खट्नु हुने साथीहरु मार्फत अध्यक्ष केसी जीले आफ्नो स्वास्थ्य क्रमिक रुपले सुधार हुँदै आएको बताउनु भएको छ, साथै सम्पूर्ण साथीहरुलाई चिन्तित नहुन समेत केसीले आग्रह गर्नुभएको छ ।

उहाँलाई निमोनिया र पेटको दीर्घ रोग पनि भएकोले उपचारमा केही समय लाग्न सक्छ हामी उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारमा कुनै पनि कमी हुन नदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रतिबद्ध रहेको जानकारी समेत गराउँदछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार