मूल प्रवाहका एरिया अध्यक्ष भोजराज शर्माको निधन

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

311 जनाले पढ्नु भयो ।

खिमराज चालिसे

लुधियाना, २४ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिद्धारा संचालित सनिवाल एरिया समितिका अध्यक्ष भोजराज शर्मा वर्ष ६३ को हिजो असमायिक निधन भएको छ ।

शर्माको निधन पछि मूल प्रवाहका क्षेत्रीय सदस्य उदैसिंह चंद, नगर सचिव अर्जुन कार्की, सहसचिव धन बहादुर घर्तीमगर, कोषाध्यक्ष देविराम, लोकनाथ शर्मा, इन्द्र केसी, धनराज, महेश, कमल बहादुर र विनोद विक लगायतका कार्यक्रता तथा आफन्तहरुले उपस्थितिमा मूल प्रवाहको व्यानर ओढाएर सम्मान सहित दाहसंस्कार गरिएको हो ।

प्युठान जिल्ला, माललरानी गाउँपालीका ३ निबासी भोजराज शर्माको निधनप्रति लुधियाना फोकलपाइन्ट नगर समितिले गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रंद्धांजलि अर्पित गर्दै शोकसन्तव्ध परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *