मूल प्रवाहका एरिया सदस्यको दुर्घटनामा मृत्यु

खिमराज चालिसे,

११ अक्टुवर, रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्धारा सञ्चालित रैलमाजरा एरिया समितिका सदस्य वसन्त वोहराको सड्क दुर्घटनामा निधन भएको छ । मृतक बोहरा ४० वर्षका थिए ।

उनको ९ अक्टुवरको २०२० का दिन सडक दुर्घटनामा परि निधन भएको मूल प्रवाह रोपड नगर समितिले जानकारी दिएको छ ।

करिब राती दश बजे, विपरित दिशाबाट आइरहेको कारले ठक्कर दिंदा बोहराको घटनास्थल मै मृत्यु भएको प्रत्यक्ष दर्शि श्याम मल्ल र राजेन्द्र गिरीले बताए । उनीहरुले नै आफ्नो रोहवरमा प्राथमिकी दर्ज गरेपछी मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सदस्य छविलाल सापकोटा, नगर अध्यक्ष मनिराम सापकोटा, सदस्य सोभाराम सापकोटा, लाल बहादुर थापा र एरिया समितिका कार्यकर्ताहरुको उपस्थितिमा आवश्यक प्रशासनिक प्रक्रिया पुरा गरि आज ११ अक्टुबरका दिन दाह संस्कार गरिएको छ ।

रोपडमा कार्यरत मृतक वसन्त वोहरा स्वदेश कपिलवस्तु जिल्ला, विजयनगर गाउँपालीका नेउली टोल निवासी पुनाराम वोहराका छोरा हुन् ।

क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिनुभएको जानकारी अनुसार मृतक बोहराले मूल प्रवाहमा अगस्त २००८ देखि साधारण सदस्य रही हालसम्म एरिया समितिको विभिन्न जिम्माका काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार