मूल प्रवाहका कार्यकर्ताहरुद्वारा राहात वितरण 

  •   
  •  
  •  
  •  
  •  
  •  

14748 जनाले पढ्नु भयो ।

चंडीगढ, ७ मई । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९) को कारण विगत ४४/४५ दिनदेखि विभिन्न स्थानहरूमा लकडाउन र कर्फ्युको कारण नेपाली श्रमिकहरु अलपत्र र असह्य रुपमा वस्न विवश छन् । खासगरि यतिवेला होटल, कैटरिंग लगायत विभिन्न असंगिठत क्षेत्रमा काम गर्ने मजदुरहरुको जीवनस्तर झनभन्दा भन अप्ठारो बन्दै गइरहेको परिस्थिति छ ।
यसै बीच भारतस्थित नेपालीहरुको अभिभावकिय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता  समाजका कार्यकर्ताहरुले आम जनसाधारणको घरदैलोमा पुगेर राहत वितरण गर्दै आइरहेका छन् । मूल प्रवाह चंडिगढले सबैलाई धैर्यतापूर्वक लकडाउनको पालना गर्न आग्रह गर्दै जनसाधारणलाई निरन्तर रुपमा स्वपहल, स्थानीय प्रशाशन, स्थानीय सामाजिक संघ संस्था तथा व्यक्तिहरुसँगको सहकार्य गर्दै जहाँ जे सम्भव हुन्छ सहयोग गर्दै आइरहेको छ ।
यसै संदर्भमा कतिपय टेलिविजन च्यानलहरुमा उद्धारको गुहार लगाइरहेका नेपाली श्रमजीवीहरुलाई नै मजाकको पात्र बनाएर १० मिनेटमै राहात पुराउने प्रतिवद्धता समेत गरेकाहरुसम्म ३ दिनसम्म कुनैप्रकारको राहात दिन नपुगेको समाचारप्रति गम्भिर बन्दै किसनगढ़ गाउँ निवासी नेपालीहरुलाई मूल प्रवाह चंडीगढ़ले स्थलगत रिपोर्ट लिइ राहात उपलव्ध गराएको छ । राहात प्राप्तिसंगै मूल प्रवाहलाई वास्तविक भारतस्थित नेपालीहरुको एकल अभिभावक भएको भन्दै पिडीतहरुले धन्यवाद समेत दिएका छन् ।
मूल प्रवाहको चंडीगढ़ नगर समिति अन्तर्गतका कार्यकर्ताहरू दिनेश खड़का, मान बहादुर केसी, थमन थापा, तेज बहादुर रोका, किसन खनाल, थानेश्वर पांडे, रुद्र अधिकारी, डाशीराम अर्यालको संयुक्त पहलमा राहात सामाग्री संकलन गरि चंडिगढको किसनगढ़मा राहात सामाग्री वितरण गरिएको हो ।
केन्द्रीय सदस्य दिनेश खड़का, नगर अध्यक्ष मान बहादुर केसी, सदस्य थमन थापा, एरिया अध्यक्ष शमशेर केसी, सदस्य डाशीराम अर्याल र नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे सहितको प्रतिनिधि मंडलले करिव ६०/७० जना नेपाली श्रमिकहरुलाई सहयोग हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *