मूल प्रवाहका कार्यकर्ताहरुले नेपालीहरुको समस्यालाई जिल्ला अधिकारीसम्म पुर्याए

मिथुन सिंह

रिकङ्पियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङपियोले जिल्ला अधिकारी किन्नौरलाई भेटघाट गरेको छ ।

राज्य समितिका सदस्य मिथुनसिंहको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जिल्ला अधिकारी आविद हुसैन सादिकसँग नेपालीहरुका विभिन्न समस्या बारे र बासस्थानका बारेमा छलफल गरेको थियो । जिल्ला अधिकारीसँग हुसैनले नेपालीहरुलाई हुने समस्या बारे आफू गम्भिर रहेको बताएका थिए । साथै उनले नेपालीहरुमाथि परेका विभिन्न समस्याहरुलाई हरसम्भव समाधान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार