मूल प्रवाहका केन्द्रीय सदस्य बगाले पितृ शोकमा

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य कुल बहादुर बगाले पितृ शोकमा पर्नुभएको छ ।

दिवंगत रिख बहादुर बगाले मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय महिला क्षेत्रीय महिला विभागकी मिना बगालेको ससुरा बुबा पनि हुनुहुन्थ्यो । दिवंगत बगाले ७४ वर्षको उमेरमा ९ डिसम्बर २०२० का दिन विहान पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएको छोरा कुल बहादुर बगालेले हामीलाई जानकारी दिनुभएको छ ।

कुल बहादुर बगालेका अनुसार बुबाको जन्म कोहोतुङ्ग पाल्पामा विसं २००५ सालमा भएको थियो । हाल कोहोतुङ्ग रिब्दिकोट गाउँपालीका ७ पर्दछ । रिख बहादुर बगाले पेट तथा किडनीको समस्या ग्रत भइ केही दिन देखी उपचारार्थ पाल्पा मिसन अस्पतालमा भर्ना हुनुहुन्थ्यो।

बुबा रिख बहादुर बगालेप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले सिंगो केन्द्रीय समितिको तर्फदेखि भावपूर्ण श्रद्धांजलि तथा शोक संतप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

त्यसैगरि सुदुरपश्चीमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले सिंगो क्षेत्रीय समितिको तर्फदेखि गहिरो शोक प्रकट गर्दै मृतक प्रति भावपूर्ण श्रंद्धांजलि तथा सोक संतप्त परिवार प्रती समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार