मूल प्रवाहका तीन जना कार्यकर्ताहरुलाई बिदाई

  •   
  •  
  •  
  •  
  •  
  •  

192 जनाले पढ्नु भयो ।

धर्मराज शर्मा

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत रहेको कटपन्ना एरिया समितिका भवानी प्रसाद पाण्डे, नेत्र प्रसाद पाण्डे र रिता पाण्डेलाई २९ नवम्बरका दिन सम्पन्न एक समारोह बीच विदाई गरिएको छ । भवानी प्रसाद पाण्डे १९९३ देखि, नेत्र प्रसाद पाण्डे १९९८ देखि र रिता पाण्डे करिव दश बर्षदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्ध भई संगठनमा योगदान पुर्याउनु भएको थियो ।

बाग्लुङ जिल्ला, जैमिनि नगरपालिका ५ बिनामारे निवासी तिनैजनाले नोकरीबाट अवकाश लिाई स्थायी रुपमा स्वदेश जाने भएको हुँदा वहाँहरुलाई समाजले विदाई गरेको हो ।

एरिया समितिका सदस्य कलाधर शर्माको सञ्चालन र अध्यक्ष राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न सो विदाई कार्यक्रममा केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय सल्लाहकार सदस्य तथा कोट्टयाम नगर समितिका अध्यक्ष धर्मराज शर्मा र महिला बिभागकी दुर्गा शर्माले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एकमिनेट मौनधारण पश्चात् एरियाका उपाध्यक्ष हरि पाण्डेले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा एरिया समितिका अध्यक्ष राम बहादुर केसीले अबिर फूलमाला लगाएर सम्मान प्रकट गरेका थिए । अतिथिहरु चोबनाथ शर्मा, धर्मराज शर्मा, दुर्गा शर्मा, मुकुन्द पौडेल, नेत्र शर्मा, राजु शर्मा, धन प्रसाद शर्मा, दिपक गौतम लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *