मूल प्रवाहका नेता पोखरेललाई कपिलवस्तुबासीले सम्झिए

टेकराज भुसाल,

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कपिलवस्तुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य दोर्ण प्रसाद पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पोखरेलको निधन भएको ९ औ दिनमा शोकसभको आयोजना गरी राजमोले श्रद्धाञ्जली अर्पण गरेको हो ।

मृतकका भाई टोपलाल पोखरेलको अध्यक्षता तथा पिताम्बर खनालको सञ्चालनबाट सो श्रद्धान्जली सभा कार्यक्रम अगाडि बढेको थियो ।

कपिलवस्तुस्थित बाणगंगा नगरपालिका ५ शिमरखोरमा आयोजित श्रद्धाञ्जली सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालले उहाँप्रति सम्मान अर्पण गर्नुभयो ।

कार्यक्रममा राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा (मसाल) जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल (छैठौं) जिल्ला अध्यक्ष रिषव आचार्य, नेपाली कांग्रेसका नेता सालिकराम पौडेल लगायतले स्वर्गीय पोख्रेलको निधनले पार्टी र समाजलाई ठुलो क्षति पुगेको बताउँदै शोकलाइ शक्तिमा परिणत गर्न आग्रह गर्नुभएको थियो ।

पोख्रेलको कोरोना संकरमणका कारण भारतको पन्जाबमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार