मूल प्रवाहका पूर्व केन्द्रीय सदस्य चित्रबहादुर पुनप्रति भावपूर्ण श्रद्धाञ्जली

नवलपुर । बागलुङ जिल्ला बरेङ गाउँपालिका १ धाव निवासी हाल नवलपुरको झहरे खोला रहँदै आउनु भएका चित्रबहादुर पुनको दुःखद निधन भएको छ ।

वहाँ लामो समयसम्म संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति, नगर समिति, क्षेत्रीय समिति हुँदै केन्द्रीय समितिको बैकल्पिक सदस्य समेत रहेर करिब ३० बर्षसम्म सक्रिय हुनुहुन्थ्यो । वहाँलाई २०–२१ मार्चमा सम्पन्न केन्द्रीय समितिको नबौं बैठकले स–सम्मान स्वदेश विदाई गरेको थियो ।

हाल स्वदेश फर्किएपछि नवलपुरको झहरे खोला रहँदै आउनु भएको थियो । बाग्लुङमा जन्मेर भारतको तेलङ्गना राज्य अन्तर्गत हैदराबादको नालगोण्डालाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका चित्रबहादुर पुनले गत बर्ष आफ्नो जागिरबाट अबकास लिइ स्वदेश फर्किनुभएको थियो ।

वहाँको हृदयघातका कारण ५७ बर्षको उमेरमा आज बिहान अकल्पनिय निधन भएको अत्यन्तै मर्माहत बनाएको छ । चित्रबहादुर पुनप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजन तथामा गहिरो समबेदना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार