मूल प्रवाहका पूर्व केन्द्रीय सदस्य पितृ शोकमा

जोवाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका पूर्व केन्द्रीय सदस्य इन्द्र बहादुर लिम्बु पितृ शोकमा पर्नुभएको छ ।

७१ वर्षीय प्रेम बहादुर लिम्बु हाल मेघालयको जोवाईमा छोरा बुहारीसँग रहँदै आउनुभएको थियो । वहाँ धनकुटा मौनाबुधुक २ निवासी हुनुहुन्थ्यो । २००७ असौज १६ गते जन्मनुभएका प्रेम बहादुर लिम्बुले दुई छोराहरु इन्द्र बहादुर लिम्बु, हरि बहादुर लिम्बु र एक छोरी हामी बीच छोडेर जानुभएको छ ।

प्रेम बहादुर लिम्बुले आफ्ना सम्पूर्ण परिवार लिएर गौपालनका लागि जोवाई पुग्नुभएको थियो । लामो समयदेखि अस्वस्थ रहनु भएका लिम्बुको २९ जुलाई २०२१ का दिन आकस्मिक स्वास्थ्य विग्रिए पछि नजिकको अस्पतालमा भर्ना गर्नका लागि अस्पताल लैजादै गर्दा निधन भएको थियो । निधन पछि परिक्षण गर्दा वहाँमा कोविड पोजिटीव देखिएको थियो ।

प्रेम बहादुर लिम्बुको दुःखद निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर भारत क्षेत्रीय समिति शोकमा परेको छ । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना एवं मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

पूर्वोत्तर भारत क्षेत्रीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार