मूल प्रवाहको आयोजनामा “एमसीसी र राष्ट्रियताको प्रश्न” विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको अयोजनामा “एमसीसी र राष्ट्रियताको प्रश्न” विषायक अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र सचिव ठाकुर खनालको सञ्चालनबाट अगाडि बढेको सो अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष कपिल खनालले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख आतित्थ्यता गर्नुभएको थियो भने, जलश्रोत विद दिपक ज्ञावली, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता राम प्रकाश पुरी, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, अधिवक्ता पदम रोका र नेपाली समाचार साप्ताहिकका सह-सम्पादक धनवीर पुनको आतित्थ्यता रहेको थियो ।
निश्चित विषयमा प्रमुख अतिथि चित्र बहादुर केसी, अतिथि रामप्रकाश पुरी, दिपक ज्ञावली, अधिवक्ता पदम रोका र भैरवराज रेग्मीले प्रष्ट्याउनु भएको थियो ।
वक्ताहरुले एमसीसी नेपाली जनताको गरिबीबाट मुक्ति दिन, विद्युत उत्पादन गरेर नेपाललाई आर्थिक सहयोग गर्न, कलकारखाना खोल्न नभई नेपाली राष्ट्रियता माथि नै हस्तक्षेप गरेर अमेरिकी साम्राज्यवादी स्वार्थपूर्तिका लागि एमसीसीको माध्यमबाट नेपाल आउन लागेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार