मूल प्रवाहको एरिया सदस्य पुरण खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली

  •   
  •  
  •  
  •  
  •  
  •  

542 जनाले पढ्नु भयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तरका सल्लाहकार तथा हसनपुरा एरिया समितिका उपाध्यक्ष पूरण खड़काको असामयिक निधन भएको छ । लामो समयदेखि मूल प्रवाहका स्थानीय समितिहरुमा काम गर्दै आउनु भएका ५८ वर्षीय पूरण खड़काको २ जुलाई २०२१ का दिन निधन भएको हो ।

जन्मस्थान रोल्पा जिल्ला, सिर्प सालधाराबाट बसाइँसराइ गरि कपिलवस्तु शिवराज नगरपालिका ९ शिवगढी, रामाहदह बसाई सर्नुभएको थियो । वहाँ रोजागारीको दौरानमा भारतको राजस्थान राज्य गंगानगर शुगर मिल्समा कार्यरत हुनु हुन्थ्यो । नौकरीमा रहेकै अवस्थामा उहाँको निधन भएको हो । गोदावरी अपार्टमेंट, प्रताप नगर, जयपुरमा स–परिवार सहित बस्दै आउनु भएको थियो । पुरण खड्काको निधनले समाजलाई अपूरणीय क्षती पुगेको छ । खड्काप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर नगर समिति गहिरो दुःख प्रकट गर्दै, भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ एवं शोक संतप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *