मूल प्रवाहको केन्द्रीय समितिको आठौं बैठक सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

2593 जनाले पढ्नु भयो ।

धनवीर पुनमगर, नयाँदिल्ली ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आठौं बैठक सम्पन्न भएको छ । बैठक पछि अध्यक्ष दुर्गा बहादुर केसीद्वारा हस्ताक्षरित २०७७ असोज २१ गते तदनुसार अक्टोबर ७, २०२० का दिन जारी प्रेसविज्ञप्तीमा सो जानकारी दिइएको हो ।

कावा महासचिव ठाकुर खनाललाई कार्यकारी महासचिवमा चयनलगायतका केन्द्रीय समितिमा पदपूर्ति, कोरोना महामारी, केन्द्रीय विभागका बैठक, केन्द्रीय प्रकाशन बोर्ड गठनजस्ताण् विषय समेटिएको प्रेसविज्ञप्तीको पूर्ण पाठ यस्तो छ–

“यही ४ अक्टोबर २०२० का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिको आठौँ बैठक अनलाइन माध्यमबाट सम्पन्न भएको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्नका लागि यो प्रेसविज्ञप्ती जारी गरिएको छ ।

सर्वप्रथम वैश्विक महामारीको रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारणले भारतस्थित कैयौँ नेपाली श्रमिकहरूले ज्यान गुमाउनुभएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुका साथै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । भारतका विभिन्न राज्यमा सङ्गठनका विभिन्न स्तरका नेता, कार्यकर्ता, शुभचिन्तक एवम् आम सर्वसाधरण, जो कोरोनाबाट सङ्क्रमित भई उपचार गरिरहनुभएको छ, उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना प्रकट गर्दछौँ ।

कोरोना महामारीको दौरानमा सरकारद्वारा रोकथामका लागि लगाइएको लकडाउनका कारण रोजगार गुमाई आपत्बिपत्मा परेका श्रमजीवी नेपालीलाई राहत वितरण तथा उद्धार कार्यमा खट्नुभएका सङ्गठनका नेता, कार्यकर्ता तथा सहयोगीप्रति केन्द्रीय समिति धन्यवाद प्रकट गर्दछ ।

बैठकले कार्यवाहक महासचिव ठाकुर खनाललाई कार्यकारी महासचिव चयन गरेको छ । सचिवमा जनकराज पौडेल, पूर्ण सदस्यमा त्रिभुवन भट्टराई, वैकल्पिक सदस्यमा चोवनाथ शर्मा, सल्लाहकारमा विक्रमसिंह राणा (करनाल) र खिमराज चालिसे (चण्डीगढ) लाई चयन गरेको छ । त्यस्तै विभिन्न क्षेत्र तथा राज्य समिरिु परिचालनका लागि जिम्मेवारी फेरबदल गरिएको छ ।

बैठकले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा प्रकाशित हुने सम्पूर्ण प्रकाशन व्यवस्थापन लागि केन्द्रीय समितिको मातहतमा रहने गरी महासचिव ठाकुर खनालको अध्यक्षतामा ९ सदस्यीय प्रकाशन बोर्ड गठन गरेको छ । बोर्डअन्तर्गत सम्पादक, सहसम्पादक, समाचार संयोजक, प्रनितिधि र सम्वाददाता रहने छन् ।

कोरोना महामारीका कारण अवरुद्ध सङ्गठनात्मक कार्यलाई गति प्रदान गर्न विभिन्न साङ्गठनिक कार्यक्रमसमेत तय गरिएको छ । त्यस्तै, केन्द्रीय समितिअन्तर्गत रहेका सम्पूर्ण विभागका बैठक बस्न बैठकले दिशानिर्देश गरेको छ । बैठकले आठौँ अखिल भारत सम्मेलनका लागि विस्तारित भेला बोलाउने अधिकार केन्द्रीय सचिवालयलाई प्रत्याभूत गरेको छ ।”

MP Statement 7 Oct 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *