मूल प्रवाहको क्षेत्रीय सदस्यद्वारा स्वैछिक सहयोग

चंडीगढ़, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चंडिगढद्धारा संचालित पंचकुला एरिया समिति अंतर्गत महेशपुर गाउँमा विश्वव्यापी कोरोना भाइरसको वढ्दो प्रकोपमा लकडाउन तथा कर्फ्यूको कारण समस्याग्रस्त नेपालीहरुको घरदैलोमा पुगी राहत सामग्री वितरण गरिएको छ ।

मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य र महिला क्षेत्रीय सदस्य एवं नगर संयोजक माया आचार्यले स्वैछिक सहयोगमा पंचकुला महेशपुरमा २२ जना समस्या ग्रस्त नेपाली श्रमिकहरुलाई राहात सामग्री वितरण गर्नुभएको छ ।

वहाँले राहात वितरणको अतिरिक्त जिल्ला प्रशासन पंचकुलाबाट १७ जना समस्या ग्रस्त परिवारलाई अस्थायी राशनकार्ड बनाई जिल्ला प्रशासनबाट खाद्यान्न उपलब्ध गराउने प्रयत्नसम्म गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार