मूल प्रवाहको छविलाई धुमिल्याउन खोज्नेहरुलाई परास्त गरौं !

  •   
  •  
  •  
  •  
  •  
  •  

1416 जनाले पढ्नु भयो ।

देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाका कारण उत्पन्न वेरोजगारीले गर्दा रोजगारको खोजीमा भारत प्रवेश गरेका नेपालीहरुलाई संगठित गरि उनीहरुको हक, हित र अधिकार एवं नेपालको प्रजातान्त्रिक आन्दोलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्वपूर्ण योगदान रहँदै आएको छ । संगठनले उपर्युक्त विषयमा अनेकौं आन्दोलन गर्नुका साथै व्यापक रुपमा नेपालीहरुलाई संगठित गरेको छ । यस दौरानमा संगठनलाई दिशा विहिन र फूटपार्ने प्रयत्न पनि नभएका होइनन् । दोश्रो अखिल भारत सम्मेलनमा विजय शर्मादेखि नै शुरुवात भएको फूटको गतिविधि तेश्रोमा रामचन्द्र शर्मा, पाचौं पछि टेकबहादुर केसी र छैटौं अखिल भारत सम्मेलन पछिको अवस्था सबैलाई अवगत भएकै कुरा हो । छैटौं अखिल भारत सम्मेलनको वेला फुटपरस्त गिरधारी–कमलहरुको बोलवाला थियो र उनीहरु संगठनमा फूट पारेर तहसनहस गर्ने कार्यमा तल्लीन थिए । तर सचेत कार्यकर्ताहरुको सकृय पहल अथक परिश्रमबाट संगठनलाई फुटपरस्त तत्वहरुबाट जोगाउँदै गतिशिल बनाउन सफल भएका थिए ।

सातौं अखिल भारत सम्मेलन कैयौं महत्वकांक्षीहरुको चाहनालाई ध्वस्त पार्दै अगाडि बढेको थियो । सम्मेलनद्वारा निर्वाचित कैयौं पूर्ण सदस्यहरुको निधन एवं स्वदेश सरुवा भएकोले तथा कोरोना महामारीको कारण आठांै अखिल भारत सम्मेलनको लागि परिस्थिति अनुकुल नभएको हुँदा भेलाद्वारा समितिलाई नविनिकरण गर्नुपर्ने  आवश्यकता थियो । त्यसै आवश्यकलाई पुरा गर्दै सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेला ४ जुलाई २०२१ मा सम्पन्न भएको छ । भेलाले फुटपरस्त तत्वहरुले संगठनभित्र फैलाउन खोजेको अराजक गतिविधिलाई किनारा लगाउन  सफल भएको छ । सम्पन्न भेलालाई सफल पार्न एतिहांसिक भूमिका खेल्नुभएका सम्पूर्ण कार्यकर्ता एवं आम शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दै हार्दिक अभिनन्दन गर्न चाहन्छौं ।

संगठन र आन्दोलन बीच घनिष्ट सम्बन्ध हुन्छ । सही र शक्तिशालि संगठन विना आन्दोलन सफल हुन सक्दैन । प्रतिक्रियावादी राज्यसत्ता, पुलिस, सेना, कानुन, राज्ययन्त्रका नियम आदिमा टिकेको हुन्छ । तर जनतासँग संगठनको शिवाय केही हुँदैन, ती सबै जनताका विपक्षमा हुन्छन् । जनताको शक्तिशाली हथियार भने कै संगठन हो । प्रतिक्रियावादीहरुले जनताको उक्त हथियारलाई कमजोर बनाउन न्वारनसम्मको बल प्रयोग गर्ने गर्दछन् । प्रथम बाहिरबाट आक्रमण र दोश्रो भित्रबाट । प्रशासनिक जालझेल, दमन, गिरफ्तारी, धम्की, हमला आदि बाहिरीबाट हुने आक्रमण हुन् । तर त्यसबाट संगठन कमजोर हुँदैन, कार्यकर्तामा झन् आक्रोश बढछ र मजबुती साथ सामना गर्ने शाहस पैदा हुन्छ । तर दुश्मनले संगठन भित्र वैचारिक रुपमा घुसपैठ गराई नेतृत्वमाथि कब्जा जमाई राजनीतिक दिशामा विचलन पैदा गर्ने, कार्यकर्ताहरुमा भ्रम पैदागर्ने, फुट हाल्ने प्रयत्न गर्दछन् ।

कैयौं व्यक्तिहरुले जान–अनजानमा संगठनको क्रान्तिकारी धारलाई समाप्त पार्दै पूरै संगठनलाई तहनहस गर्ने कार्यमा सहयोग गर्दछन् । बाहरी दुश्मन चिनिन्छ, त्यसबाट सतर्क हुँदै त्यसका विरुद्ध संघर्ष गर्न सकिन्छ, तर आफू भित्र आफू जस्तै विचारमा समानता देखाउँदै विश्वास पात्र बन्दै भित्रबाट हमला गर्नेहरुलाई चिन्न गाह्रो पर्दछ । त्यो दुश्मन अत्यन्त खतरनाक हुन्छ र संगठनलाई धेरै क्षती पु¥याउँछ । रुसको उदाहरण हाम्रो सामु प्रष्ट छ । हिटलरको त्यती ठूलो फौजी आक्रमणले रुसलाई अलिकति पनि डगाउन सकेन, उल्टै मजबुती साथ अगाडि बढ्दै जाने हौसला प्रदान गर्दै गयो । उत्पीडित राष्ट्रहरुलाई समेत एकजुट हुन मद्धत पुर्यायो  र हिटलरको कब्जाबाट अनेकौं देशहरु मुक्त भए । तर खु्रश्चेव तथा गोर्वाचोवले पार्टी भित्रबाट गरेको हमलाको सामना गर्न रुसी कम्यूनिष्ट पार्टीले सकेन र रुस सामाजिक साम्राज्यवादमा पतन हुन पुग्यो र अहिले कम्युनिष्ट पार्टीको झण्डा एवं प्रतिक चिन्हहरु समेत परित्याग गरिसक्यको छ । त्यही कुरा चीन लगायत अन्य देशहरुबारे पनि सत्य हो । यसरी विश्वभरिको कम्युनिष्ट आन्दोलन बाहिरी आक्रमणबाट नभई भित्री आक्रमणबाट कम्जोर भएको कुरा सिद्धछ र हाम्रो देशको कम्यूनिष्ट आन्दोलन बारे पनि सत्य हो । प्रतिक्रियावादी तथा अवसरवादीहरुले संगठन कमजोर पार्न पहिला पार्टीको नीति, सिद्धान्त र नेतृत्वमा हमला गर्दछन्, त्यसपछि जनाधार कमजोर पार्ने तथा त्यसको आडमा आर्थिक स्थितिलाई कमजोर पार्दै संगठनको शक्ति समाप्त पार्ने प्रयत्न गर्दछन् । यस बारे इमान्दार कार्यकार्ताहरु सदैव सचेत र चनाखो हुनुपर्दछ ।

कतिपय अवस्थामा इमान्दार कार्यकर्ताहरुबाट पनि संगठनलाई क्षती पुग्ने गर्दछ । उनीहरुको चेतनास्तरको कमीका कारण प्रतिक्रियावादी वा अवसरवादीहरुको भ्रमको शिकार हुन पुग्दछन् र क्रान्तिकारी विचारमाथि जान–अन्जानमा आक्रमण गर्न पुग्छन् र फुटपरस्त तत्वहरुको भ्रममा परि संगठनमा फूट पार्ने कार्यमा सहयोग गर्न पुग्दछन् । समाजमा व्याप्त निम्न पूँजीवादी चिन्तन, अवसरवाद, महत्वकांक्षा नेतृत्वको लागि प्रतिस्पर्धा, गुटबन्धी आदिको प्रभाव व्यक्तिहरुमा परेको हुन्छ । कैयौं व्यक्तिहरु विभिन्न आकांक्षा बोकेर संगठनमा प्रवेश गरेका हुन्छन् । नेतृत्व पनि यही समाजबाट आएको हुन्छ । त्यसकारण त्यसमा कमीकमजोरी हुनुहुन्न भन्ने होइन । तर अवरवादी व्यक्तिहरुले स–साना कमिकमजोरीहरुलाई अनुशासन विहीन र अराजकपूर्ण गतिविधिबाट उक्साएर, चर्काउने, ठूलो गम्भीर, व्यापक रुप दिएर संगठन कमजोर पार्न वा फूटाल्न प्रयत्न गर्दछन् । अवरवादी र फूटपरस्त व्यक्तिहरुको त्यसप्रकारको षडयन्त्रबाट सदा  सजग हुनुपर्दछ ।

आज राष्ट्र विषम परिस्थितीबाट गुज्रीरहेको बेला संगठनलाई सशक्त बनाउँदै अवसरवाद र फूटपरस्त तत्वहरुका प्रत्येक गतिविधिको मुहतोड जवाब दिंदै अगाडि बढनु पर्ने आवश्यकता छ । अवसरवादीहरुले पार्टीमा विभिन्न प्रकारले हमला गरि सिंगो पार्टीलाई नै ध्वस्त पार्न चाहन्छन् । पार्टी संगठनलाई सुदृढ पार्नुको सट्टा पार्टीको आन्तरिक गोपनियतालाई नै भंग गराएर प्रतिक्रियावादीहरुको दिनानुदिन सेवा पुर्याइरहेका छन् । पार्टी सदस्यहरुले आफ्नो व्यक्तिगत हित भन्दा पार्टी हितलाई सर्वोपरि ठानेका हुन्छन्, कम्यूनिष्ट पार्टी सदस्यहरुले आफ्नो कम्जोरीबाट पाठ सिक्दै र सिकाउँदै अगाडि बढ्दछन् । तर वर्तमानमा केही यस्ता अराजक तत्वहरु देखिएका छन् जो आफूले गरेको कम्जोरीलाई समेत आत्मसाथ गर्दैनन् । उनीहरुको कम्जोरीलाई पार्टीले औंल्याई दिंदा पार्टी र नेतृत्वसँग नै प्रतिशोधको  रुपमा केही व्यक्तिहरु उत्रिएका छन् । उनीहरुले पार्टीको निर्णय, नीति, विधान, पद्धती, निर्देशन कुनै पनि नमान्नी, मनमानी गर्न चाहन्छन् । त्यसप्रकारका गतिविधिहरुलार्ई परास्त गर्दै अगाडि बढ्नु पर्ने जिम्मेवारी इतिहाँसले हामीलाई सम्पेको छ ।

विगतका दिनहरुमा फूटपरस्त तत्वहरुले त्यसप्रकारको गतिविधि नचालेका होइनन् तर इमान्दार कार्यकर्ताहरुको उच्च सर्तकता, वैचारिक स्पष्टता तथा संगठनप्रति समर्पणको भाव कै कारण क्षती हुनबाट बचाउन सफल भएका थियौं । त्यसका साथै कतिपय साथीहरु भ्रमको शिकार भएकाहरुलाई पनि संगठनको सकृयता भेदभाव रहित व्यवहार अथक परिश्रम कै कारण उनीहरुलाई पनि भ्रममुक्त पारेर संगठनमा सकृय पार्ने काम भएको इतिहाँस छ । अहिले पनि केही साथीहरु भ्रमको शिकार हुनुभएको छ । वहाँहरुलाई पनि भ्रममुक्त पारेर संगठनमा सकृय पार्ने कार्य हामीले निरन्तर रुपमा अगाडि बढाउने छौं । गौरवमय इतिहास बोकेको मूल प्रवाहको छविलाई धुमिल्याएर आफ्नो छवि चम्काउन खोज्नेहरुबाट संगठनलाई बचाएर इतिहाँस कायम गर्नेछौं ।

One thought on “मूल प्रवाहको छविलाई धुमिल्याउन खोज्नेहरुलाई परास्त गरौं !

  • 10 July 2021 at 5:46 pm
    Permalink

    धन्य हो जागरण अभियान! धन्य हो अभियन्ता साथीहरू !!
    °°°°°°°°~~~~~~~~°°°°°°°°°~~~~~~~~°°°°°
    मसाल पनि उनै
    राष्ट्रिय जनमोर्चा पनि उनै
    जागरण अभियन्ता पनि उनै
    प्रवासमा पनि उनै
    गाऊँ वस्तिमा पनि उनै
    कृष्ण थापाका वरिपरि पनि उनै
    क्रान्तिकारी पनि एक मात्र उनै
    अग्रगामी पनि उनै
    के सहि?के गलत?? जान्ने पनि उनै
    नेपालको कम्युनिष्ट आन्दोलन धान्ने पनि उनै
    नेपाली राजनितिको केन्द्रमा उनै
    मोहन बिक्रम सिंह भन्दा उच्च उनै
    चित्र बहादुर केसी भन्दा चौडा उनै
    विचार, लाईन, चरित्र, आचरण, अनुशासनमा अब्बल उनै
    नयाँ जनवादी, समाजवादी क्रान्तिका नायक उनै
    धन्न मोहन बिक्रम र चित्र बहादुर पनि हामी नै हौँ भन्या छैनन्😛😂
    सर्वहारा क्रान्ति गर्न हामीले केहि नगरि मज्जाले पलेटि कसेर, थपडी बजाएर, गफ गरेर, मासुभात खाँदै बसे भयो
    क्रान्ति गर्ने जिम्मा उनीहरुले लिए पछि हामीले मिठो मिठो खाने, बस्ने र गफ गर्ने बाहेक अरू कामै केहि रहेन
    हाई सञ्चो 😛😂🤣🤣!!
    धन्य हो जागरण अभियान !
    धन्य हो अभियन्ता साथीहरू !!
    धन्य हो !!!

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *