मूल प्रवाहको छवि धुमिल पार्न खोज्नेहरुलाई छाडिने छैन : खनाल

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदरावाद उत्तर नगर समितिको आयोजनामा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना महामारी र लकडाउनको समयलाई सदुपयोग गर्ने गरी मध्यदक्षिण क्षेत्रीय समितिको योजनानुरूप बिहिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष दुर्गा केसीले राष्ट्रघाती नागरिकता अध्यादेश, एमसिसीलगायत ओली सरकार र राष्ट्रपतिका प्रतिगामी कदमले देश फिजीकरण हुँदै सिक्किम बन्ने सम्भावना रहेकोले प्रवासबाट खबरदारी गर्न जरुरी भएको बताउनुभयो ।

प्रशिक्षक महासचिव ठाकुर खनालले वर्तमान देशको राजनैतिक अवस्था, पार्टीको तात्कालिक कार्यनीति, रणनीति, गण्डकी प्रदेश प्रकरण, अनुशासनलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । संगठनबाट निश्काशित केही व्यक्तिहरुले गरेको भ्रामक सन्देशहरुप्रति भ्रमित नहुन अनुरोध गर्नुभएको छ। साथै संगठनको एतिहाँसिक छविलाई धुमिल पार्न खोज्ने जोसुकै शक्तिलाई जोसुकैलाई मूल प्रवाहका कार्यकर्ताहरुले नछोडने बताउनु भयो ।

अर्का प्रशिक्षक केन्द्रीय सचिव प्रेम पौडेलले देशको प्रतिगामी कदम र मुल प्रवाहलाई खबलाउन खोज्ने तत्त्वप्रतिको खबरदारीबारे चर्चा गर्नुभएको थियो ।

प्रशिक्षणमा केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिमबहादुर विकले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय इतिहास र सङ्गठनबाट निस्कासित सङ्कीर्ण, कुण्ठित र महत्त्वाकाङ्क्षी प्रवृत्तिबारे आफ्नो विषय राख्नुभएको थियो ।

कार्यक्रम उत्तर नगरका अध्यक्ष मोहनलाल शर्माको अध्यक्षता, सचिव जीवनाथ शर्माको सञ्चालन र कोषाध्यक्ष तेजेन्द्र शर्माको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार