मूल प्रवाहको झण्डामुनी गोलवन्द बनौं

लक्ष्मण पांडे ( चंडिगढ

मुलप्रवाहको झंडा मुनी गोलवन्द हुदै जादा।
प्रवासका नेपाली को मन मुटु छुदैजादा।।
लाग्छ यस्तो संगठन कहि कतै छैन होला।
मुलप्रवाहको विचार झै अमुल्य छैनहोला।।

निर्दादुखि जनलाइ मुलप्रवाहले वल दियो।
दवेका आवाज लाइ मुलप्रवाहले जल दियो।।
राष्ट्रघाती खवरदार जनता त सचेत भाछन।
मुलप्रवाहको झंडा मुनी गोलवन्द हुदै आछन।।

होसीयार लोन्डेपहरु तिम्रो अव चल्नेछैन।
तिम्रोअगी कहिल्लै पनि हाम्रो आस्था ढल्ने छैन।
अवसरवाद परास्त गर्दै मुलप्रवाह अगी वढ।।
विश्व अव वन्दै छ है मुलप्रवाहको नया गढ।।

मुलप्रवाहको विचारलाइ फुलाउछौ हामी।
तिम्रो विचार जनताविचमा लैजाने छौ हामी ।‌
गौरवमय इतिहासको स्वणीम अक्षर लेख्छौ।
संसार भरमा यो विचारलाई दृढ रुपमै लेख्छौ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार