मूल प्रवाहको टोल समिति गठन

पाण्डिचेरी, १ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समित, अन्तर्गत कोईला पालायाम् एरिया समिति भित्र पर्ने पेरियर मूदलिययर चौडीस्थित, होटलहरु कार्यरत श्रमजिवी नेपाली युवाहरु विचमा मूल प्रवाहको टोल समिति गठन गरिएको छ ।

नगर अध्यक्ष जनक राज पौडेल, उपाअध्यक्ष नर बहादुर केसी, नगर सदस्य चन्द्र कान्त शर्माको उपस्थितिमा तथा मेघराज पौडेल, मोती पौडेलको पहलमा, ९ सदस्यीय टोल समिति गठन गरिएको हो । संगठन सम्बन्धी र भारतका रहेका प्रवाशी नेपालीहरुका समस्या बारे ब्यापक छलफल पछि सो समिति गठन गरिएको थियो ।

जसमाः अध्यक्ष– मोती पौडेल, उपाअध्यक्ष– मञ्जू सापकोटा, सचिव– दिनेश सापकोटा, सहसचिव– गायत्री पौडेल, कोषाध्यक्ष– मञ्जु थापा, सदस्यहरुमाः मदन मगर, संजय वुढामगर र पवित्रा वुढा मगर रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार