मूल प्रवाहको दमन नगर समिति पुनर्गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

388 जनाले पढ्नु भयो ।

दमन, ८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पुरानो नगर दमन नगर समितिको भेला सम्पन्न भएको छ । समितिका अधिकांश सदस्यहरु स्वदेश र कामको शिलशिलामा अन्य स्थानमा गएकोले भेला गरि नगर समिति पुनर्गठन गरिएको छ ।

भेला शेरबहादुर विकको पहल तथा केन्द्रिय सचिव बेदबहादुर कार्की, क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवर र क्षेत्रीय सदस्य बाबुराम दहितको विशेष आतित्थ्यतामा सम्पन्न भएको थियो । भेलाले शेर बहादुर विकको अध्यक्षमा १३ पुर्ण, २ बैकल्पिक र २ सल्लाहकार गरि १७ सदस्यीय दमन नगर समिति पुनर्गठन गरिएको छ ।

जसमाः अध्यक्ष– शेरबहादुर विक, उपाध्यक्ष– टेकबहादुर चौधरी, सचिव– बाबुराम दहित, सहसचिव– प्रकाश सुनाम, कोषाध्यक्ष– शेरसिंह आउजी रहनुभएको छ । त्यस्तै सदस्यमाः निर्प आउजी, भगत सिंह विक, मोहनसिंह नगारजी, लक्ष्मण नागरजी, सन्तोष विक, भगतसिंह विक ख, रविन थापा, किसन राना, बैकल्पिक सदस्यमाः मान कडायत र मोहन ठकुल्ला रहनुभएको छ । भेलाले नगेन्द्र नागरजि र रोहित परियारलाई सल्लाहकार चयन गरेको छ ।

भेला कार्यक्रमको सञ्चालन प्रकाश सुनाम र अध्यक्षता शेर बहादुर विकले गर्नुभएको थियो । भेलामा सहभागिहरुलाई शेरसिंह आउजीले स्वागत मन्तब्यद्वारा स्वागत गर्नु भएको थियो । केन्द्रीय सचिव बेद बहादुर कार्कीले मूल प्रवाह समाज अखिल भारत नेपाली एकता समाजलाई विभिन्न खाले भरौटेहरुले भ्रम पारेर आफ्नो निहित मत्वाकांक्षा पुरा गर्ने चाहना राखे पनि भारत व्यापी रुपमा शुरु गरिएको संगठन निर्माणको अभियानले धुलो उडाए सरी उडाई दिने बताउनु भयो ।

त्यस्तै उपाध्यक्ष कृष्ण कुँवरले संगठनको आवश्यकता र महत्व बारेमा मन्तव्य राख्नुभएको थियो । साथै वहाँले नयाँ समितिलाई बधाई एव कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *