मूल प्रवाहको पहलमा अलपत्र बालक अभिभावकलाई हस्तान्तरण

खिमराज चालिसे

श्रीगङ्गानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगङ्गानगर नगर समितिको पहलमा ४ वर्षीय कार्तिक नाम गरेको बालकलाई उनका आमाबुबाको खोजतलासपछि आजै हस्तान्तरण गरिएको छ।

एक जना स्थानीयले दिल्लीबाट श्रीगङ्गानगर आउँदै गर्दा घरको नजिकै गल्लीमा (पायल सिनेमाहलनजिकै) अलपत्र परी रुँदै गरेको अवस्थामा करिब बिहानको ४ बजे भेटिएका थिए । बालकको अनुहार नेपालीजस्तो लागेकाले स्थानीयवासीले मूल प्रवाहका नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेलाई बालकको फोटो पठाएर जानकारी दिइएको थियो । त्यसपछि तत्कालै अध्यक्ष गिरुप्रसाद न्यौपाने, उपाध्यक्ष हुमबहादुर विक र सचिव वसन्त भण्डारी उक्त स्थानमा पुगी त्यसबारे जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो ।

पोस्ट गरेको केही घण्टाभित्र नै बालकका ब्बाआमा सम्पर्कमा आए । बालकले पनि आमाबुबा चिनेपछि मूल प्रवाहका कार्यकर्ताहरूले स्थानीयहरूको रोहबरमा बालकलाई बुबाआमालाई हस्तान्तरण गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका श्रीगङ्गानगर नगर समितिका सचिव वसन्त भण्डारीले जानकारी दिनुभयो।

भण्डारीका अनुसार वालकका आमाबुबा स्थानीय ढक्काबस्तीका बसोबास गर्दै आएको थाहा लागेको छ भने बालक खल्दै गर्दा हराएको बुबाआमाको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार