मूल प्रवाहको पहलमा मृगौला विरामीलाई २८ हजार भारु. सहयोग र सोनौलीसम्म बस भाड़ा निःशुल्क पुर्याइयो

0Shares

54 जनाले पढ्नु भयो ।

चेन्नई । मृगौला विमारी माया देवी परियारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा आर्थिक संकलन गरि भारु. २८ सहयोग गरिएको छ । साथै समाजको पहलमा उनलाई सोनौली नेपाल बोर्डरसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाई स्वदेश पठाइएको हामीलाई चेन्नईबाट दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले जानकारी दिनु भएको छ ।

मृगौला विमारी माया देवी परियार व्यादी गाउँपालीका २ ब्राहचौर, पर्वत जिल्ला निवासी लिल बहादुर परियारकी श्रीमती हुन् । उनीहरु स–परिवार चेन्नईमा जागिर गरि आफ्नो दिनचर्या बिताईरहेका थिए । माया देवी परियारका दुवै मृगौलाले काम गर्न छाडे पछि डायलेसीसको खर्च र परिवार सम्हाल्ने खर्च म्यानेज गर्न समस्या परेकोले बिरामी श्रीमतिलाई नेपाल लैजाने निर्णय गरेको लिल बहादुर परियार बताउँछन् ।

“नेपालमा मृगौला विरामीलाई सरकार पक्षबाट पनि राम्रो सहयोग मिल्ने भएको हुनाले नेपाल जान लागेको हो” लिल बहादुरले भने– “लकडाउनको समय आर्थिक चाप परेको हुनाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समक्ष सहयोगको अपील गरेका थिएँ ।”

लिल बहादुरको समस्यालाई मध्येनजर गर्दै चेन्नई दक्षिण नगर समिति अन्तर्गत टी नगर एरिया समिति र भेकीय साथीहरूको पहलमा भारू. २८ हजार सहयोग संकल गरिएको थियो ।

नेपाल जाने बस सञ्चालकहरू गंगाराम आचार्य र दिलीप बलायरसँग मूल प्रवाहका जिम्मेवार कार्यकर्ताहरुले सुनौलीसम्म बिरामीलाई बस भाड़ा निःशुल्क गराउने पहल र सहमति अनुसार ९ सितम्बर २०२० का दिन मूल प्रवाहका सदस्य उमानन्द आचार्य, दक्षिण नगर सदस्य टिका नेपाली, कमल बसेल, बिरू नेपाली, एरिया सदस्य तारा थापा, लक्ष्मी चालिसे, भिम बहदुर परियार लगायतका कार्यकर्ताहरू र बस सञ्चालक दिलीप बलायरको उपस्थितिमा क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले विरामी माया देवी परियारलाई सो रकम हस्तान्तरण गर्नुका साथै बसद्धारा नेपाल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *