मूल प्रवाहको सुनाम एरियाद्वारा राहात वितरण

संगरुर, १२ मई । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीका कारण विगत करिव डेढ महिनादेखि लकडाउनमा वस्न विवश विभिन्न जरुरतमन्द ४ परिवारहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिद्धारा संचालित सुनाम एरिया समितिको पहलमा आर्थिक संकलन गरि राहात सामाग्री वितरण गरिएको छ ।

नगर समितिको निर्देशनमा एरिया स्तरबाट पनि जनतालाई राहात उपलव्ध गराउँदै सक्दो मद्धत गरिरहेको नगर अध्यक्ष खेमराज पोखरेलले नेपाली एकता आनलाइन सम्वाददातालाइ बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार