मूल प्रवाहद्धारा आर्थिक सहयोग

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिले वेरोजगार भई कोठा भाडा तिर्न असमर्थ भएका दिल बहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ ।

आवास बिकासमा रहँदै आएका दिल बहादुर गुरुङ लकडाउनका कारण नोकरीबाट पनि निकालिएर र रुम भाडा समेत दिन असमर्थ भएको भन्दै आगरा नगर समितिलाई दिएको निवेदनमाथि छानविन पछि नगर समितिले गुरुङलाई रु. चार हजार दुई सय आर्थिक सहयोग गरेको हो ।

सो रकम नगर समितिका अध्यक्ष मिठु केसीद्वारा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार