मूल प्रवाहद्धारा दाहसंस्कार

  •   
  •  
  •  
  •  
  •  
  •  

138 जनाले पढ्नु भयो ।

राजकुमार रायमाझी,

एलुरू, आन्ध्रा प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समितिले दाहसंस्कार गरेको छ । पाल्पा जिल्ला बगनाशकाली गाउँपालिका ६ निवासी बलबहादुर घर्तीको बुहारी, थमन घर्तीकी श्रीमती बर्ष ३५ की सिर्जना घर्तिको एपिनडिस इन्फेक्शन भएकोले निधन भएको थियो ।

सिर्जनालाई ललाइ–फकाइ २० नोभेम्बर २०२० का दिन पोखरा घर बताउने नाम थर नखुलेकी अन्दाजीबर्ष ४० की एकजना महिलाले तमिलनाडु राज्यको चेन्नईमा मासिक १५/२० हजार तलब दिने र छोरा–छोरीलाई पढाइदिने प्रभोलनमा पारी भारतमा पुराईएकी थिइन् ।

गोरखपुरदेखि चेन्नईसम्मको रेलको यात्रा गर्ने दौरानमा सिर्जनाको ५/७ दिनदेखि पेट दुखेकोले बिजयवाडामा ओर्ली रमेश अस्पतालमा केही दिन सामान्य उपचार गराईकी थिइन् । उनलाई विजयवाडा पुर्याउने महिलाले काउण्टरमा पैसा जम्मा गर्न जान्छु भनि फरार भएको बताइएको छ । सिर्जना र उनकी छोरी १५ वर्षकी मुना घर्ती र १० वर्षका छोरा आशिस घर्तिलाई अलपत्र परेका थिए ।

सो जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई भए पछि एलुरू नगर समितिका कार्यकर्ताहरु उनीहरुको उद्धारका लागि बिजयवाडा गई घटनाको जानकारी लिइएको थियो । सिर्जना तत्काल अप्रेशन गर्नुपर्ने तर विजयवाडामा नहुने भएकोले एलुरू लैजान पर्ने भनेपछी एलुरू आश्रम मेडिकल कलेज लिएर इमरजेन्सीमा भर्ना गरिएको थियो । छोरीको सल्लाह लिएर अप्रेशन गर्ने निर्णय हस्पिटलले गरेको थियो । एपिनडिसमा इन्फेक्शन भएकोले अप्रेसन गरिएको थियो । अप्रेसन गरेको करिब ८–१० घण्टा पछि सिर्जनाको निधनभएको अस्पताल प्रशासनले बताएको थियो ।

मृत्यु पश्चात मृतकका आफन्तजनलाई सम्पर्क गरी उनीहरुको सल्लाह सुझाव तथा उपस्थितिमा राजमन्ड्री निकट गोदावरी नदीमा दाहसंस्कार गरिएको छ । वहाँको छोरा र छोरीलाई स्वदेश पठाउने तयारिमा रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समितिले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *