मूल प्रवाहद्वारा इलाहवाद प्रयागराजमा राहात वितरण

इलाहवाद, ९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज इलाहाबाद (प्रयागराज) नगर समितिले दैनिकी ज्याला मजदूरी र होटलहरुमा कार्यरत नेपाली श्रमजिवीहरुलाई राहात प्रदान गरेको छ ।

सो राहात वितरणका कार्यक्रममा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवाली, सदस्य विष्णुप्रसाद पोखरेल, विष्णु पन्त, विजय राज ज्ञवालीको उपस्थिति थियो ।

नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीले इलाहाबाद (प्रयागराज) वासी नेपाली दाजुभाई दीदी बहिनीहरुलाई कुनै समस्या परेमा एकता समाजलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार