मूल प्रवाहद्वारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

11441 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

लुधियाना फो, २५ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिले क्यान्सर पिडीतलाई आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ६ अर्खले, ठुला चेक्मी निवासी घनश्याम मरासिनीको पत्नी जुना मरासीनीलाई सो आर्थिक सहयोग गरिएको हो ।

बिगत तिन चार महिनादेखि स्तन क्यासर भएको जुना मरासीनी शारिरीक विकलाङ्ग समेत रहेको र आर्थिक स्थिति अत्यन्तै विपन्न भएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिले आर्थिक सहयोगको गरेको छ ।

आफ्नो आर्थिक स्थिति कम्जोर भएको निवेदनको आधारमा नगर सह सचिव धन बहादुर घर्ती मगर, नगर सदस्य लोकनाथ शर्मा र दुर्गा कलोनी एरिया समितिका सन्तोष बरम्लेको सक्रियता तथा मूल प्रवाहका कार्यकर्ता र शुभचिन्तकहरुबीच आर्थिक संकलन गरि सो आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

नगर समितिका पुरन बरम्लेको उपस्थितिमा पिडीतका पति घनश्याम मरासिनीलाई २३ डिसेम्वरको भा.रु. १७१५० (सत्र हजार एक सय पचास) अर्थात ने.रु. नगद २७४४०/- हस्तान्तरण गरिएको जानकारी नगर सचिव अर्जुन कार्कीले दिनुभएको छ ।

साथै स–साना बच्चाहरु सहितको सो परिवारलाई थप सक्दो सहयोग गर्न घनश्याम मरासिनीको मोवाइल ००९१–८९६८७४१८७८ मा सम्पर्क गरि वा ब्रअ ल्य, A/c No, 19698100016052 Ifsc barbosamlud Ghanshyam Marasini Bank of baroda Branch samrala road Ludhiana india मा रकम राखि सहयोग गरिदिन पिडित परिवारले अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *