मूल प्रवाहद्वारा चंडीगढमा विपन्नको घरघरमा पुगेर राहत वितरण

चंडीगढ़, १० अप्रेल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोविड–१९ को कारण विभिन्न ठाउँमा मेहनत मजदूरी गरेर जीवन निर्वाह गरिरहेका आम नागरिकहरुलाई अत्यान्तै समस्याहरु परिरहेको सन्दर्भमा भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुले अभिभावकिय जिम्मेदारी निर्वाह गर्दै विभिन्न जरुरतमन्द असाह्यहरुलाई संस्थागत, एकल वा प्रशाशनिक जहाँ जे सम्भव हुन्छ सहयोग उपलब्ध गराउने विषयमा भारतव्यापीरुपमा अत्यान्तै गंभिरतापूर्वक लागिरहेको सर्वविदितै छ ।

उपरोक्त सन्दर्भमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चण्डीगढ़ नगर समितिमा मूल प्रवाहको नीति निर्देशन र सामाजिक भावनाले ओतप्रोत कैयन कार्यकर्ताहरुले एकातर्फ सामाजिक कर्तव्य निभाउँदै र अर्को तर्फ व्यक्तिगत रुपमा पनि मानविय दायित्व पुरा गर्दै विभिन्न विपन्न परिवारलाई राहात सामाग्री वितरण गर्नुभएको छ ।

मूल प्रवाह सुदुरपश्चिमोत्तर महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसेको पहलमा स्थानिय पार्षदबाट करिव २० परिवारलाई राहात सामाग्री उपलब्ध गराउनुको साथै केही परिवारहरुलाई व्यक्तिगतरुपमा राहात सामाग्री वितरण गर्ने कामदेखि प्रभावित हुँदै नगर समितिका सक्रिय सदस्य प्रेम गुरुङ तथा जीवा गुरुङले ६ परिवारलाई आज सेक्टर २८ मा जुना चालिसेको उपस्थितिमा राहात सामाग्री वितरण गर्नुभएको छ ।

यसै गरि इंडस्ट्रियल एरियाका सक्रिय सदस्य रुद्र अधिकारीले ४० पाकेट खाना र केही सामाग्री उपलब्ध गराउनु भएको थियो । यस्तै केन्द्रीय सदस्य दिनेश खड़का, नगर समितिका वालाराम न्यौंपाने, थमन थापा लगाएतका कार्यकर्ताहरुबाट पनि विभिन्न संघसंस्थाहरु मार्फत सहयोग गराउने काम भइरहेको छ भने समाजका इंडस्ट्रियल एरिया सदस्य डासीराम अर्यालको पहलमा स्थानियहरुलाई राहात वितरण केन्द्रमा पठाउने काममा निरन्तर सक्रियता जारी छ ।

कोरोना महामारीको त्रासपूर्ण वातावरणमा चंडीगढ़का कार्यकर्ताहरु जनपक्षमा लामवन्द हुँदै नगर समितिका सबै साथीहरुले विपतमा परेकाहरुलाई व्यक्तीगत तथा सामाजिक दबैप्रकारको सहयोगको लागि आफुहरु तैयार रहेको कुरा नगर अध्यक्ष मान बहादुर केसीले वताउनु भएको छ । यसरी नगर समिति चंडीगढ़ महामारीको विषम परिस्थितिमा उत्पीडित समुदायको सहयोगको लागि आफुहरुले निरन्तर सक्रिय भूमिका निभाइरहने प्रतिवद्धता सहित जनस्तरमा लाग्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार