मूल प्रवाहद्वारा चेन्नई पूर्वमा राहात वितरण

चेन्नई पूर्व, ३१ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर र दक्षिण नगर समितिले बर्दघाट नगरपालिका १६ कुकूरमारा केराबारी नवलपरासी जिल्ला घर भई हाल चेन्नईको मावली पुरममा पाँच परिवार सहित १९ जनालाई राहात वितरण गरेको छ ।

चेन्नई पूर्व नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापा, सदस्य लक्ष्मण चालिसे, सदस्य लोकप्रसाद पराजुली, समाजसेवी रामकृष्ण सुवेदी, टेकराज खनाल सहितको उपस्थितिमा १२५ केजी चामल, ६ केजी दाल, ६ केजी तेल, ८ केजी नुन, ३ केजी मसाला र सागशब्जीको लागि नगद रू ४२०० राहात वितरण गरिएको छ ।

लक्ष्मि चालिसे, रिता भुसाल, टेकराज खनाल, चन्द्र बहादुर थापा, लक्ष्मण चालिसे, बोमलाल बसेल, सुर्यप्रसाद भुसाल, टिका थापा, प्रेम थापा, काशीराम शर्मा, ओमकान्त, कमल रेग्मी, कमला, लोक प्रसाद पराजुली, रामकृष्ण सुवेदी, चन्द्र प्रसाद, राम प्रसाद, लोकेन्द्र पौडेल, मदन शर्मा नगद सहयोग गर्नु भएको थियो ।

यस भन्दा पहिले टेकराज खनाल र स्थानीय प्रशासनबाट सहयोग भएको थियो । राहत वितरण पछि मावलीपुरमको पोलीस स्टेशनमा गई बिपतमा परि स्वदेश जान चाहाने साथीहरुको लागि पर्सासनसँग सोधपूछ गरि राय लिने काम पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार