मूल प्रवाहद्वारा जालन्धरमा जनतालाई सहयोग

जालन्धर । अहिले विश्वव्यापी रुपमा फैलिएको महामारीको समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले विभिन्न स्थानीय रुपमा परेका समस्याहरुलाई समाधानार्थ सहयोग गरेको छ ।

नगर समिति अन्तर्गत महिला नगर बिभाग कि श्रीमती गीता गुरुङको घरमा श्रीमानको हस्पिटलमा भर्ना गरिएको खबर बुझ्न तत्काल नगर अध्यक्ष जितमान थापाले प्रत्यक्ष स्थलगत भ्रमण गरि भिम बहादुर गरुङले पहिले जुन डाक्टर हस्पिटल र क्लिनिकमा भर्ना हुनु हुन्थ्यो बिमारीको अवस्थालाई मध्य नजर गर्दै त्यहाँबाट अन्य हस्पिटल पिम्समा लगेर आवश्यक अनुसारको उपचार गउनु भएको छ । गुरुङले हाल घरमा आराम गर्नु भएको छ । केन्द्रीय सदस्य कुल बहादुर बगाले गुरुङलाई समय समयमा भेटगरि परेका समस्याका बारेमा सहयोग गर्ने काम गर्नुभएको थियो ।

त्यस्तै बावाखेलमा एकजना नेपाली चेलीको हस्पिटल लैजादै गर्दा मृत्यु भएको जानकारी प्राप्त हुनासाथ उक्त घटना स्थलमा नगर अध्यक्ष जितमान थापा र उपसचीव तथा बावाखेल एरिया समिति अध्यक्ष तिल बहादुर थापा एवं केन्द्रीय सदस्य कुलबहादुर बगाले पुग्नु भएको थियो । वहाँहरुले मृतकको शव दाह संस्कार गराई फर्के पछि मृतकको घरमा आवश्यक सामानका लागि बस्ती बावाखेल एरियाबाट समितिका कार्यकर्ताहरुको पहलमा आर्थिक सङकलन गरि रू. १ हजार ९७१ सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरि नगर समितिको पहलमा अनिल घर्तीका छोरा नवीन घर्तीको पेटको अप्रेशन भएको र उनी बिमारी भए पछि घरमा राशन लगायत आवस्यक बस्तु एवं सरसफाइका निम्ति सम्पूर्ण सामानको खाँचो परेको हुँदा विभिन्न संघ संस्था मार्फत राशनको राहतका लागि पहल गरि उक्त पीडित व्यक्तिलाई उपलब्ध गराइएको थियो ।

त्यसैगरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको पहलमा सिटी एरिया २० परिवारलाई राहत सामाग्री एवं राशन उपलब्ध गराउने काम भएको छ । शहर अन्तर्गत विभिन्न स्थानमा नेपाली श्रमिकहरुलाई पर्ने समस्या समाधानका लागि प्रत्येक एरियामा कार्यकर्ताहरुको मोनिटरिङ टिम गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार