मूल प्रवाहद्वारा तेलंगानामा राहात वितरण

हैदरावाद, १० मई । कोरोना संक्रमणलाई रोकथामका लागि लकडाउनको अबधि बढदै जाँदा नेपाली श्रमिकहरुले रोगबाट भन्दा पनि भोकको समस्याबाट संघर्ष गर्नु पर्ने अवस्था श्रृजना भएको छ ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदराबाद उत्तर नगर समिति अन्तर्गत हाउसिङ बोर्डमा असंगठित क्षेत्रमा काम गर्ने ११ जना नेपाली श्रमकिहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको छ ।

१५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो प्याज, १ किलो चिनी, धनिया पाउडर, खुर्सानी पाउडर, बेसार पाउडर, किलो नून, चाय्पत्ती, नुहाउने साबुन, कपडा धुने साबुन र ग्यास भर्नको लागि रु. ७३० नगद सहित राहत प्रदान गरिएको छ । सो राहात संगठनको तर्फबाट केन्द्रीय सदस्य रामप्रसाद आचार्य र क्षेत्रीय समितिका जीबनाथ शर्माले वितरण गर्नुभएको थियो ।

त्यस्तै सोही दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिले कोरोनाको महामारी र लकडाउनको बिपत्तिमा परेका नेपालीहरुलाई राहत बितरण गरिएको छ ।

तेलङना राज्यको महबुब नगर जिल्लामा पर्ने कल्वाकुर्ती, भन्ने ठाउँमा प्युठान मल्लरानी गाउँपालिका छ, कुमिकोट बेल्डाडा खैरा निबासी श्रमिकहरु अलपत्र परेको खबर केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिम बहादुर बिकलाई प्राप्त हुनासाथ क्षेत्रीय समितिको तर्फबाट खिम बहादुर बिकको अगुवाइमा राशन, ग्यासको ब्यबस्था गरियको छ ।

त्यसै गरि डडेल्धुरा नबदुर्गा गाउँपालिका ४, निबासी एक परिवार सानो बच्चा सहित तेलङना राज्यको नालगोन्डामा अलपत्र परेको अबस्थामा क्षेत्रीय समितिका चेतन शर्मा, बाबुराम पराजुली र चित्र बहादुर पुनले राहत प्रदान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार