मूल प्रवाहद्वारा दाहसंस्कार

आगरा, ९ जुलाई । रोल्पा सुनिल स्मृती गाउ“पालीका मीजिंग निवासी करिब ६० वर्षिय भीमलाल वि.क.को आगरामा दुखद निधन भएको छ ।

शुक्रबार विहानै प्राप्त मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिका सदस्य लाखन परियारलाई अपरिचित नेपाली एकजना व्यक्तिको निधनभएको जानकारी अनुसार प्राप्त भएको थियो । परियारले मृतकको मकान मालिक तथा स्थानिय अन्य परिचीतहरुसँग सम्पर्क गरेर खोजबीन गर्दा मृतक रोल्पा जिल्लाको सुनिल स्मृती मीजिंग गाउँपालिका निवासी करीब ६० बर्षिय भीमलाल विक रहेको थाहा लागेको थियो ।

आगरा शहरमा नै कार्यरत मृतकका भतिजा कमल विकलाई यस सम्बन्धमा खबर गरेर अन्तिम संस्कारको क्रियाक्रममा ल्याउन सफलता प्राप्त भएको छ । विधुत शवदाह गृह ताजगंजमा पुराएर हिन्दु रीति रिवाज अनुसार अंतिम संस्कार गरिएको छ ।

मृतक भीमलाल विकको दाहसंस्कारमा नगर समिति अध्यक्ष मीठ्ठू केसी, नगर समिति सचिव लाखन परियार, नगर समिति उपसचिव राजकमल दत्त, नगर समिति बरिष्ठ सदस्य रमेश बिस्ट, नगर समिति सल्लाहकार इन्द्र प्रसाद कोइराला, रक्तिम साँस्कृतिक विभागका प्रशिक्षक भरत भाई काके, प्रेमबहादुर आदि तथा मृतकका नातेदार र छिमेकीहरुको सहभागिता रहेको थियो ।

स्मरण रहोस् भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यस्तै प्रकारका अलपत्र परेका नेपालीहरुको हरेक दुःखमा बिना कुनै भेदभावको उद्धार र सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार