निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, निलगिरी नगर समिति अन्तर्गत कार्यरत उटीस्थित गाजर बारीमा मजदुरी गर्दै आउनुभएका चन्द्रे दमैको दुखद निधन भएको थियो ।
पर्बत जिल्ला, जल्जला गा. पा. –१, बारखर्का, साउनेका हस्त बहादुर दमैका छोरा चन्द्र दमै (उमेर ५८) काम गर्ने क्रममा गत ०७. फरवरी २०२१ कादिन गाडीबाट खसेर टाउकोमा गम्भीर चोट लागेपछी स्थानीय अस्पतालमा चिकित्सकले उपचार गर्न नसक्ने भए पछि थप उपचारको लागि उनलाई कोयम्बतुरको सरकारी अस्पतालमा पठाइएको थियो ।
उनको उपचारको क्रममा गत १४ फरवरी २०२१ का दिन निधन दुःखद निधन भएको थियो । उनको निधन पछि अस्पतालको प्रक्रिया मिलाइसके पछि मूल प्रभाह कोयम्बतुर र निलगिरी नगर समितिका कार्यकर्ताहरुको सहयोगमा दाहासंस्कार गरिएको थियो ।
कोयम्बतुरस्थित उक्कडमको संसानघाटमा अन्तिम दाहसंस्कार गरि श्रदान्जली सभा राखिएको थियो । उक्त श्रदान्जली सभाको सञ्चालन धन बहादुर सुन्दासले गर्नुभएको थियो । श्रद्धान्जली सभामा टेक बहादुर विक, अध्यक्ष, निलगिरी नगर समिति, चन्द्रप्रसाद पौडेल, सचिब कोयम्बतुर नगर समिति, बिरे थापा, सदस्य, दक्षिण भरात क्षेत्रीय सदस्य, रबिशंकर शर्मा, केन्द्रीय परिसद सदस्य र मृतकका छोरा बाबुराम दमैले श्रद्धान्जली मन्तव्य दिनुभएको थियो ।