मूल प्रवाहद्वारा बेंगलोरमा राजदूतसँग भेटघाट

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर नगर समितिले भारतका लागि नेपाली राजदूत महामहिम निलम्बर आचार्यलाई २३ दिसंबरका दिन बेंगलोरको पार्क होटेलमा भेट गरेको छ ।

यो अवसरमा बिभिन्न समाज संगठनलाई पनि भेट्ने अवसर दिइएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष मदन भण्डारी, क्षेत्रीय प्रतिनिधि बिबि थापा, क्षेत्रीय सहसचिव रामसिंह विक, क्षेत्रीय सदस्य देव बहादुर केसी, नगर सहसचिव शेर सिंह विक, नगर सदस्य करन दयाल र महिला सदस्य सरास्वती केसीको प्रतिनिधिमण्डलले राजदूत आचार्यलाई भेट गरि भारतमा कार्यरत नेपाली जनताका हकहित र सुरक्षाको प्रत्याभूति आवश्यकताको बारेमा अगवत गराइएको थियो ।

त्यस्तै सो अवसरमा आफ्नै कार्यस्थलबाट नेपालीहरूले मताधिकार सुनिश्चितताको लागि ब्यबस्था मिलाइनु पर्ने लगायतका बिभिन्न जल्दाबल्दा बिषयहरूको माग सहित ज्ञापन पत्र बुजाएको थियो ।

राजदूत आचार्य भ्रमण वर्ष २०२० लाई व्यापक रुपमा प्रचार–प्रसार गर्ने क्रममा नेपालमा व्यापार र लगानीको सम्भाव्यता खोज्दै कर्नाटकको राजधानी बेङ्गलोरमा पुग्नु भएको थियो । सो अवसरमा नेपाली दूतावासको सहयोग र भारत–नेपाल केन्द्र र एसडीएसको तत्वाधानमा पीएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीले भ्रमण वर्ष २०२० सम्मेलनको आयोजना गरेको थियो ।

विभिन्न २ सत्रमा गरिएको सम्मेलनमा नेपाल भ्रमणका साथै नेपालमा व्यापार र लगानी गर्न आह्वान गरिएको थियो । समारोहमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल भ्रमणका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै नेपालका प्रमुख पर्यटकीय स्थलका बारेमा विस्तृत रुपमा बताउनु भएको थियो । भ्रमण वर्षमा २० लाख पर्यटकलाई नेपाल भित्राउने लक्ष्य लिएको र त्यसमा दक्षिण भारतबाट पनि उत्साहजनक रुपमा नेपाल भ्रमणका लागि राजदूत आचार्यले आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार