मूल प्रवाहद्वारा रायगढमा राहत वितरण

रायगढ । मूल प्रवाह आखिल भारत नेपाली एकता समाज रायगढद्वारा अलपत्र परेका नेपाली श्रमिकहरुलाई राहत वितरण गरिएको छ । कोरोना महामारीको कारण भारतभरि लगाइएको लकडाउनका कारण रोजगारी बंद भएसँगै श्रमिकहरू अलपत्र परेका हुन् ।

यसरी असंगठित क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुलाई परेको आपत बिपतमा भारत स्थित नेपालीहरुको समाजिक संगठन मूल प्रवाहमा अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा राहात प्रदान गर्दै आएको छ ।

यसै बीच महाराष्ट्रको रायगढ जिल्लामा रायगढ नगर समितिद्वारा यस क्षेत्रमा बिपतमा परेका नेपालीहरुलाई आबस्यक खाद्यान्न वितरण गरिएको छ । यस रायगढ क्षेत्र अन्तर्गत पर्ने तारा गाउँमा– नगर सदस्य करन महर, तिलक गोतामे, रवि थापा र तारा एरिया समितिका सम्पूर्ण सदस्यहरुले राहत वितरण गर्नु भएको हो ।

त्यस्तै न्हावा एरियामा नगर सदस्य श्याम त्रामु, देव कुँवर, तिलक रानाले आपत विपलमा परेकाहरुलाई राहात प्रदान गर्नु भएको छ ।

पनवेल एरियामा नगर कोषाध्यक्ष शन्तु थापा, उपाध्यक्ष रण बोगटी र सदस्य गोपाल थापाले आपतमा परेका श्रमिक नेपालीहरुलाई खाद्यान्न वितरण गरि राहत प्रदान गर्नु भएको हामीलाई केशव गाहाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार