मूल प्रवाहद्वारा लुधियानामा निरन्तर राहात वितरण

लुधियाना, २८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति द्वारा संचालित लुधियाना नगर समितिले अखिल भारत नेपाली विद्यार्थी संघ लुधियाना नगर समिति सचिव एवं एडवोकेट ललीता पोखरेलको पहलमा निरन्तर मूल प्रवाहका स्थानिय कार्यकर्ताहरुको सहयोगमा अत्यन्तै समस्या परेका नेपाली मजदूरहरुलाई राहात सामाग्री वितरण गरिएको छ ।

केन्द्रीय सदस्य बासुदेव भटाराई, क्षेत्रीय सदस्य दोर्ण प्रसाद पोखरेल, नगर अध्यक्ष उदय सिंह चंद, नगर सदस्यहरु रामचन्द्र पौडेल, मानबहादुर आले, खुम बहादुर थापा, गोबिन्द परियार, घनश्याम पौडयाल लगाएतका कार्यकर्ताहरुको उपस्थितिमा ढोलेवाल वस स्टेशनमा राहात सामाग्री वितरण गरिएको हो ।

केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भटृटराइले दिनुभएको जानकारी अनुसार आज पनि सोही टिमले जालन्धर वाइपासमा अत्यन्तै समस्या परेकाहरुलाई राहात वितरण गरिने छ । लुधियाना नगर समितिका कार्यकर्ताहरुको विश्वव्यापी महामारी कोरोनाको कारण लकडाउन झेलिरहेको अवस्थामा सामाजिक तथा मानविय उद्धार कार्यमा दिईरहेको निरन्तरताले मेहनतकश जनतालाइ निकै राहात पाइरहेका र यसप्रकारको सहयोगले आम जनसमुदायहरुलाई मूल प्रवाहप्रतिको विश्वास अझै दृढ़ रहेने महशुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार