मूल प्रवाहद्वारा शर्मिष्ठा चौधरीप्रति श्रद्धाञ्जली

  •   
  •  
  •  
  •  
  •  
  •  

711 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले भाकपा (माले) रेड स्टारका पोलिट ब्यूरो सदस्य तथा महिला नेतृ शर्मिष्ठाको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । संगठनको तर्फदेखि  महासचिव ठाकुर खनालले एक शोक वक्तव्य जारी गरि श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।

शोक वक्तव्यमा खनालले लेख्नुभएको छ :

“भाकपा (माले) रेड स्टारका पोलिट ब्यूरो सदस्य तथा महिला नेतृ शर्मिष्ठा चौधरीको निधनले श्रमजिवी वर्गको आन्दोलनलाई क्षति पुगेको छ । मजदुरहरुको बीचमा सहजै घुलमिल भई काम गर्ने महिला नेतृ शर्मिष्ठासँग मजदुरहरुको हकहितको लागि चलेका कैयौं संयुक्त आन्दोलनहरुमा सहकार्य गरियो । वहाँ अन्तर्राष्ट्रिय महिला आन्दोलनसँग पनि सम्बन्धित हुनुहुन्थ्यो । भारतको महिला संगठन अखिल भारत क्रान्तिकारी महिला संगठनसँग नेपालको अखिल नेपाल महिला संघको अन्तर्राष्ट्रिय स्तरमा सहकार्य थियो । शर्मिष्ठा चौधरी एक सहासी तथा स्पष्ट वक्ता हुनुहुन्थ्यो । वहाँको निधनले भारतको मजदुर आन्दोलनको साथसाथै महिलाहरुको समान अधिकार तथा महिला मुक्तीको आन्दोलनलाई पनि क्षति पुगेको छ ।

महिला नेतृ शर्मिष्ठा चौधरीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यो घडीमा हामी भाकपा (माले) रेड स्टारका नेता, कार्यकर्ता, शुभचिन्तक एवं परिवारजनमा समवेदना प्रकट गर्दछौं”

Leave a Reply

Your email address will not be published. Required fields are marked *