मूल प्रवाहद्वारा २०७८ भित्तेपात्रो प्रकाशित, सर्बत्र नगरहरुमा उपब्ध

खिमराज चालिसे,

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले गत वर्षहरुमा जस्तै यस वर्ष पनि भित्तेपात्रो प्रकाशन गरि भारतव्यापी विभिन्न नगरहरुमा वितरणको पुगिसकेको छ । “सयौ थुंगा फूलका हामी एउटै माला नेपाली” र “संघियता चाहिदैन देश टुक्राउन पाइँदैन” जस्ता महत्वपूर्ण स्लोगनबाट सुसज्जित यसवर्षको भित्रेपात्रोमा एकातर्फ हाम्रो संस्कृतिको गौरवमय गाथालाई दर्शाइएको छ ।

अर्कोतर्फ नेपालीहरुका विभिन्न महत्वपूर्ण चाडपर्वहरु तथा दिवशहरु अंकित गरिएको पात्रोमा बैशाख महिनाबाट विक्रम संवतलाई ठुला अक्षरमा दर्शाए पनि इस्वी संवतलाई पनि निकै राम्रो र स्पष्ट दर्शाइएको यो वर्षको भित्तेपात्रो अति सुन्दर तथा अन्यवर्षहरुको तुलनामा धेरै उत्कृष्ठ छ ।

नयाँ वर्षको आगमनलाई हाम्रो समाजमा सुख समृद्धि तथा स्वस्थ जीवनको प्रतिक एंव एक नयाँ उर्जात्मक जोस जागर उमंग र हौसलाको आगमनको रुपमा बुझ्ने सम्झने तथा त्यो दिनलाई सुखद, महत्वपूर्ण र उपयोगी बनाउन सबैले जोडदिने गरेको पाइन्छ । त्यहि कारणले भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रत्येक वर्ष नयाँ वर्ष आगमनको सुखद संदेश लिएर नयाँ रुप नयाँ रंगमा भित्रेपात्रो जनस्तरमा शुभकामना सन्देश वाहक प्रकाशनको रुपमा पुराउने जमर्को गरेको हो ।

मूल प्रवाहका कार्यकर्ताहरुलाई यसवर्ष पनि सधै जस्तै भित्तेपात्रो भारतव्यापी विभिन्न नगर एरिया टोल तथा गल्ली बस्तीमा नेता कार्यकर्तादेखि आम जनमानसको बिचमा लैजानु नया कुरा होइन बरु एकप्रकारको कार्यलाई निरन्तरता दिदै यसवर्ष पनि हाम्रो संगठनका कार्यकर्ताहरु परिचालन गरिएको हुँदा सम्पुर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम जनमानसले समेत भारतव्यापी विभिन्न नगरहरुमा छिट्टै आफ्नोप्रति सुरक्षित गर्दै संगठनको प्रचार प्रसारको अभियानमा अझै व्यापकरुपमा मूल प्रवाहलाई सहयोग गर्नुहुनेछ भन्ने कुरामा हामी आशावादी छौं ।

एउटा संदेश मूलक कार्यको जिम्वेदारी निभाउने दिशामा निरन्तर अगाडि बढि रहेको हुँदा यो शुभकामना संदेश लिएर आएको भित्तेपात्रोका समस्त ग्राहकहरुबाट सकारात्मक प्रतिक्रियाको पनि हामीले विनम्रतापूर्वक आशा गरेका छौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार