मूल प्रवाहले क्षतिपूर्ति दिलायो

  •   
  •  
  •  
  •  
  •  
  •  

1997 जनाले पढ्नु भयो ।

करनाल । स्वदेश प्यूठान जिल्ला, झिम्रुक गापा ४ निवासी झविराम पुनका छोरा राजु पुन हरियाणाको करनालमा दुखद निधन भएको छ ।

प्राप्त जानकारी अनुसार राजु पुनले करनाल जिल्लाको पिचौली जुण्डलागेर भन्ने गाउँमा माछा पोखरीमा विगत ४ महिनादेखि माछा फार्ममा कार्यरत थिए । १३ जुन २०२१ को विहान ९ बजे तलाउ सफाई गर्ने दौरानमा पानीमा डुबेर घटनास्थल मै मृत्यु भएको थियो ।

करनालको कल्पना चावला मेडिकल कलेज अस्पतालमा कानुनी प्रक्रिया पुरा गरि १५ जुन २०२१ को दिन एकता समाज र मृतकका आफन्तहरुको उपस्थितिमा दाहसंस्कार गरिएको थियो ।

निजको घरमा १३ वर्षीय छोरा आकाश पुनको पढाईको लागि माछा फार्म मालिक सुनिल कुमारसँग मूल प्रवाहका प्रतिनिधिहरुले छलफल गरि १ लाख ५० हजार नगद र प्रति महिना २ हजार दिलाउनु भएको छ । सो १ लाख ५० हजार नगद रकम पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष विक्रमसिंह राणाले पिडीत आफन्तलाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *