मूल प्रवाहले दिलायो भा.रू. १ लाख २० हजार

चेन्नई । प्यूठान जिल्ला, मल्लरानी गाउँपालीका वाड नं ३, साविक धरम्पानी गाबिस वाड नं ९ निवासी एक बहादुर केसीका छोरा बर्ष ४६ का गिर बहादुर केसी चेन्नईको सुङकुमारन स्ट्रीटमा अबस्थित “श्री थेभार होटल”मा १ बर्ष देखि कार्यरत थिए ।

उनले २१ अगस्त २०२० तदानुसार ५ भाद्र २०७७ (तीजको दिन) करिब ३ः४५ अपराह्न काम गर्ने बिल्डिंगको छतमा पानीको ट्याङकीमा चढ्ने भर्याङमा रसिको पासो लगाएर झुनडीएर आत्महत्या गरेका थिए ।

यो केस वि २ पोलिस स्टेशन, प्यारिस चेन्नईका शव इन्सपेक्टर दिल्ली प्रसादले डिल गरेका थिए । गिर बहादुर केसीले काम गर्ने होटलबाट निजको नगरिकता प्रमाणपत्र बरामत गरे पछि प्रहरीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याललाई जानकारी गराएको थियो ।

तत्पश्चात बस्याल र चेन्नई पश्चिम नगर अध्यक्ष हेमराज रिजाल पोलीस स्टेशन पुगि मृतकको बारेमा आबस्यक जानकारी लिइएको थियो । उक्त होटलमा अन्य नेपाली मजदूरहरूले काम नगर्ने भएको निजको फोन नभएको जानकारी प्रहरीले जानकारी गराएको थियो ।

नागरिकतामा ठेगाना अनुसार आफन्तजनको खोजी गर्न फेसबुक र नेपाली एकता अनलाइनमा समाचार सार्वजनिक गरिएको थियो । सो समाचार देखेपछि मल्लरानी ३ का वाड अध्यक्ष गिरीराज पौडेल, शिक्षक संघका महासचिव चक्रपाणि पौडेल, पूर्व जिल्ला सभापति बोम बहादुर खत्री, मृतककी दिदी सासु शुसीला केसी, भाइ, दाइको छोरा सुरेश केसी र अन्य गाउँलेहरूले फोन सम्पर्क गर्नुभएको थियो ।

वहाँहरूले मृतकको पहिचान र सुझाव अनुसार सुरेश केसीको नामबाट सबै कानुनी प्रक्रिया अगाडि बढाउने काम भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृतकले काम गर्ने होटलका मालिकसँग छलफल पछि भा.रू. १ लाख क्षतिपूर्ति र भा.रू. २० हजार दाहसंस्कार खर्चको लागि दिएको थियो । भा.रू. १ लाख १३ हजार ५०० रुपैयाँ मृतकका एक छोरा र एक छोरीलाई पठाइ दिने र बच्चाहरूको नाममा खाता खोलेर राखी दिने गरि शिक्षक संघका महासचिव चक्रपाणि पौडेको खातामा रकम पठाउने सहमति भएको छ ।

त्यपछि पोलीस स्टेशनमा सम्पूर्ण कानुन प्रक्रिया र हस्पिटलमा मेडीकल प्रकृया पुरा गरेर २५ अगस्त २०२० का दिन मृतक गिरी बहादुर केसीको चेन्नईको नुङगामबाक्कम शंशानघाटमा करिब ५ बजे अन्तिम दाहसंकार गरिएको छ ।

शव यात्रामा महेन्द्र बस्याल, क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, हेमराज रिजाल, उमानन्द आचार्य, दक्षिण नगर सदस्य शिव पंथी, चेन्नई पश्चिम नगर कोषाध्यक्ष बुद्धिराम पौडेल, सदस्य पदम पौडेल, आफन्त ऋषिराम केसी, सुरज केसी, देब बहादुर थापा र निमलाल पौडेल, सुरज जिसी, संजय शाह र नुनुकान्त केसीको सहभागिता रहेको थियो ।

निजको सम्मानमा १ मिनेट मौनधारणका साथै शोक सभा पनि गरिएको थियो । महेन्द्र बस्याल, हेमराज रिजाल, शिव पंथी, बुद्धिराम पौडेल र पदम पौडेल लगायतले शोक मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार