मूल प्रवाहले सुदुर पश्चिमोत्तरमा सम्पन्न पार्यो २०७७ सालको प्रगतिशिल भैलो

202 जनाले पढ्नु भयो ।

खिमराज चालिसे

पञ्जाब ।

संसार कोरोना भाइरसको चपेटामा परिरहेको समयमा पनि प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतव्यापी देउसीभैलोलाई जनसंदेश, जनचेतना र कलासंस्कृतीको संरक्षणको पहलुसँग जोड्दै कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको विचमा विभिन्न रुपमा तिहारको शुभकामना आदान प्रदान सहित २०७७ सालको प्रगतिशिल भैलो सम्पन्न पारेको छ ।

मूल प्रवाह केन्द्रीय सदस्य एंव सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिएको जानकारी अनुसार मूल प्रवाहले क्षेत्रका अधिकांस नगरहरुले कोरोनाको कारण प्रत्यक्ष देउसीभैलो नखेले पनि तिहारको शुभकामना पुराउन घरदैलोमा क्षेत्रभरिका कार्यकर्ताहरु परिचालन गरेको छ ।

कार्यकर्ताहरुका हातमा शुभकामना कार्डहरु बोकेर यो विषम परिस्थितिमा पनि हामी जनताको विच मै छौं भन्ने सन्देश घर–घरमा पुराउन कस्सिएका छन् । उनीहरुको हौसला विभिन्न शहर गल्ली र मोहल्लाहरुमा यसरी देखिने गरेको छ ।

चंडिगढ,

यहाँ मूल प्रवाहका ५ वटै एरियाहरुमा २३ सदस्यिय व्ववस्थापन समिति वनाएर यस वर्ष देउसी भैलो नखेले पनि समर्थक, शुभ चिन्तकहरुसम्म शुभकामना दिन कार्यकर्ताहरु परिचालन गरिएको छ । जस अनुसार मोहाली एरियामा केन्द्रीय सदस्य दिनेश खडका र नगर उपाध्यक्ष वालाराम न्यौंपानेको अगुवाईमा सिमा खडका, लिला विक लगाएत आधादर्जन कार्यकर्ताहरु शुभकामना दिन खटिनुभएको छ ।

पंचकुला एरियामा केन्द्रीय सल्लाहकार तिलक पौडेल, क्षेत्रीय सदस्य प्रेम आचार्य, सुरेश आचार्य, माया आचार्य सहितको टिम खटिनु भएको छ ।

त्यस्तै मध्यसिटि एरियामा विद्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, नगर कोषाध्यक्ष किसन खनाल, जमुना खनाल र लक्ष्मण पाण्डे लगाएत १ दर्जन कार्यकर्ताहरु खटिनु भएको छ ।

इन्डस्ट्रीयल एरियामा केन्द्रीय सल्लाहकार खिमराज चालिसे, महिला क्षेत्रीय सचिव जुना चालिसे, नगर सहसचिव थानेश्वर पाण्डे र सरस्वता भुसाल लगायत आधादर्जन कार्यकर्ताहरु खटिनुभएको छ ।

सिटि एरियामा नगर अध्यक्ष मान बहादुर केसी, सचिव तेज बहादुर रोका, दुर्गा विक सहित एकदर्जन कार्यकर्ताहरु परिचालित गरि शुभकामना कार्ड मार्फत शुभकामना दिइरहेको जानकारी व्यवस्थापन समितिका थमन थापाले दिनुभयो ।

श्रीगंगानगर (राजस्थान)

यहाँ सबै दशवटै एरियामा शुभकामना संदेश कार्यक्रम चलिरहेको छ । मुल प्रवाह केन्द्रीय सदस्य कामरेड कृष्ण जि.सी, सदस्य त्रिभुबन भट्टराई, क्षेत्रीय समितिका हुम बहादुर बि.क, गिरु प्रसाद न्यौपाने, बसन्त भण्डारी, रेशम भण्डारी, जागेस्वर न्यौंपाने, हरि न्यौंपाने, सुकदेब रिजाल सहितको टोली सकृय रुपमा ३ दिनसम्म आम श्रमजिवी नेपालीहरु बीच शुभकामना आदान प्रदान गर्दै जनभेटघाट गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य त्रिभुवन भट्टराईले जानकारी दिनुभएको छ ।

लुधियाना र लुधियाना फोकलपाइन्ट

क्षेत्रका दुवैवटा नगरहरुमा १४ नोभेम्बरदेखि देउसीभैलो शुरु भएको छ र यहाँ १६ नोभेम्बरसम्म जनताको घरदैलोमा सामाजिक दूरि राखी कार्यक्रम गरिने र साँझ समापन गर्ने रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

संगरूर,

संगरूर नगरमा कोरोनाको कारण देउसीभैलो सानो समूहमा जुटेर भएपनि भाइ टिकाको दिन १६ नोभेम्बरको दिन कार्यकर्ताहरुको प्रत्यक्ष सहभागितामा खेलिएको महिला नगर संयोजक लक्ष्मी खनालले जानकारी दिनुभएको छ ।

जालन्धर,

जालन्धर नगरसमितिले १५ नोभेम्बरमा पनि ११ बजेदेखि जेपी नगर एरियामा चक्र बहादुर घर्तीको घरमा र मिठु बस्तीमा नगर सल्लाहकार प्रेम सङ्करको घरमा सामुहिक देउसी खेलेपछी सिटि एरियामा समितिका सदस्य राजिन्द्र थापाको घरमा खेल्दै ४ बजेको करिब छाउनी एरिया गएको केन्द्रीय सदस्य कुल बहादुर बगालेले जानकारी दिनुभएको छ ।

यो नगरले पहिलो दिनको कार्यक्रम भव्य रूपमा सफल भएको छ ।

यसैगरि रोपड नगरसमितिले भने १४ नोभेम्बरको नै सामुहिक रुपमा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सहित प्रगतिशिल भैलो सम्पन्न पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *