मूल प्रवाहले क्षतिपूर्ति ४० लाख ३२ हजार दिलायो

कोचिन । सड्क दूर्घटनामा परि ज्यान गुमाएका भरत विकको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले क्षतीपूर्ति भारु. २५ लाख २० हजार नगद दिलाएको छ ।

जिल्ला कञ्चनपुर कृष्ण नगरपालिका वार्ड नम्बर ५ निवासी बुबा प्रताप सिंह कामी र माता वासु देवि कामीका २६ वर्षीय छोरा भरत विकको १६ सेप्टेम्बर २०१६ सड्क दूर्घटनामा निधन भएको थियो । भरत ड्युटीबाट आफ्नो कोठा तिर आउने क्रममा कोचिनको नोवलबेस नजिक कारले ठक्कर दिंदा सख्त घाइते भएका उनले स्थानीय मेडिकल ट्रष्ट हस्पिटल मृत्यु वरण भएका थिए ।

डाक्टरहरुले मृत भएको जानकारी दिए पछि साथमा रहेका ब्यक्तीहरुले भरतका आफ्न्तहरु र मूल प्रवाह कोचिन नगर समितिलाई समेत जानकारी गराएका थिए । घट्नाको जानकारी हुना साथ नगर समितिका जिम्मेवार कार्यकर्ताहरुको उपस्तिथिमा पोस्ट्माट्म देखि दाहसंस्कारसम्म सम्पन्न गरेका थिए ।

नगर समितिका बाबुराम केसी र सचिव जनक विसिको साक्ष्य तथा पहलमा मुद्दा दर्ता गराइएको थियोे । अदालतले १३ फेब्रुअरी २०१९ को दिन पीडितको पक्षमा फैसला गरि सकेको थियोे ।

अदालतले मृतकको बुबा र आमालाई ल्याउन निर्देन दिए पछि ११ नोभेम्बर २०१९ का दिन अदालतले फैसला सुनाएको थियो । अदालतले मृतक भरतका बाबु आमाले भारतीय रुपैयाँ रु. २५ लाख २० हजार (नेपाली रुपैयाँ अनुसार ४० लाख ३२ हजार) क्षतिपूर्ति दिने सुनाएको फैसला सुनाएको छ ।

हामीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कोचिनका उपाध्यक्ष बाबुराम केसी र नगर सचिव जनक बिसि र नगर सहसचिव करण विकले दिनुभएको जानकारी अनुसार सो रकमको चेक हिंजो सोम्बार नै हस्तान्तरण गरि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार