मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा संसद विघटनको विरोध

नयाँ दिल्ली । प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश कदमको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले घोर विरोध तथा भ्रत्सर्ना गरेको छ । समाजका महासचिव ठाकुर खनालले आज १० जेठका दिन संगठनको तर्फदेखि प्रेस विज्ञप्ती जारि गरि सो विरोध तथा भ्रत्सर्ना गर्नु भएको हो ।

विज्ञप्तीमा महासचिव खनालले देशको राजनीतिक, आर्थिक अवस्था कै कारण उत्पन्न बेरोजगारीले गर्दा विदेशीन बाध्य भएका हौं । तर हामी भारतस्थित नेपालीहरु देशको राजनीति घटनाहरुबाट अछुतो रहन नसक्ने बताउनु भएको । “त्यसैले नेपालको राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित आन्दोलनमा भारतस्थित नेपालीहरुले महत्वपूर्ण भूमिका रहँदै आएको छ ।”

“वैश्विक महामारी कोरोनाका कारणले संक्रमित लाखौं जनता जीवन रक्षाका लागि संघर्षरत छन् भने ६ हजार भन्दा धेरैले ज्यान गुमाईसकेका छन् ।” खनालले लेख्नु भएको छ : “यो अवस्थामा विद्यमान संसदलाई भंग गरि ताजा जनादेशको नाममा देशलाई मध्यावधि निर्वाचनमा धकेल्नु नरसंहारलाई निम्त्याउनु सरह हो ।”

प्रस्तुत छ विज्ञप्तीको पूर्ण पाठ PDF मा

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/05/MP-Press-Statment-24-May-2021.pdf” title=”MP Press Statment 24 May 2021″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार