मूल प्रवाह अ.भा.ने.ए.स. दक्षिण भारत क्षेत्रीय महिला विभागको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

409 जनाले पढ्नु भयो ।

दक्षिण भारत, २२ अगस्त । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले उग्रवापन्थी चिन्तन दक्षिणपन्थी अवसरवादमा परिणत हुने गरेको बताउनुभएको छ । पार्टीभित्र बेला बेलामा उग्रवामपन्थी तथा फुटपरस्त प्रवृति देखिने गरेको बताउँदै महामन्त्री सिंहले त्यस्तो प्रवृति अन्ततः दक्षिणपन्थी अवसरवादमा परिणत हुने बताउनुभयो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत महिला विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिंहले विश्व कम्यूनिष्ट आन्दोलनमा मात्र नभई नेपालको कम्यूनिष्ट पार्टी वा कम्यूनिष्ट आन्दोलनमा पनि बेला बखतमा अराजक प्रवृति र फुट परस्त तत्वहरू देखिँदै आएको उल्लेख गर्नुभयो ।

रणनीति र कार्यनीतिबीचको अन्तरलाई ठिकसँग बुझ्न नसक्दा समस्या आउने भन्दै त्यस प्रकारका प्रवृतिहरूले अग्रगमन होईन पश्चगमनलाई नै फाईदा पुग्ने महामन्त्री सिंहले बताउनुभयो । उहाँले ती प्रवृतिहरुको प्रतिवाद गर्दै क्रान्तिकारी शक्ति अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षण दिँदै अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष मिना पुनले महिलाहरूका हक अधिकार प्राप्त गर्न महिला नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरू महिला मुक्ति आन्दोलनमा सरिक हुनुपर्ने र स्वावलम्बी हुन आवश्यक रहेको बताउनुभएको थियो । पुनले संविधान प्रदत्त अधिकारहरूको उपयोग गर्दै थप अधिकार प्राप्तिको लागि निरन्तर संघर्ष गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले विगतमा महिलालाई संगठित गर्दै गर्दा आफूले झेल्नु परेका समस्या, अपमान र जोखिमको स्मरण गर्दै स्पष्ट नीति कार्यक्रम र सही मार्ग भएको हु“दा आन्दोलन निरन्तर अघि बढेको बताउनुभयो ।

उहाँले आफू पनि सुरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा हुने सांगठानिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको उल्ल्ेख गर्दै गौरवपूर्ण इतिहास बोकेको मूल प्रवाहमा आउने सबै प्रकारका भ्रमहरुलाई प्रतिवाद गर्दै अघि बढ्ने आग्रह गर्नुभयो ।

अर्को प्रंगमा पौडेलले अहिले अराजक अनुशासनविहीन तत्वहरूले संगठनलाई ध्वस्त पार्न नेता कार्यकर्तालाई गाली गलौज गर्ने तथा पार्टी संगठनमाथि आक्रमण गर्दै आएका छन् भन्दै उनीहरूका कपोकल्पित भ्रम र चिर्न वैचारिकरुपमा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वामपन्थी युवा नेता आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिवलाय सदस्य धनवीर पुन, केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, कोषाध्यक्ष केवि थापा, केन्द्रीय सचिव जनकराज पौडेल, सदस्य मदन शर्मा, चोवनाथ शर्मा, मोहराज चालिसे, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, दक्षिण भारत महिला विभाग ईन्चार्ज धनकुमारी केसीको समेत आतिथ्यता रहेको थियो ।

महिला विभाग अध्यक्ष भगवति कुवँरको अध्यक्षतामा भएको कार्यक्रम सचिव विष्णु शर्माले सञ्चालन गर्नु भएको थियो । स्वागत महिला विभाग सदस्य पार्वती विकले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानद्वारा जनवादी गीत प्रस्तुत गरिएको थियो ।

भारतका विभिन्न क्षेत्र र देशभित्रबाट पनि व्यापक सहभागी रहेको कार्यक्रमका सहभागीलाई महिला विभाग सदस्य मिना हमालले धन्यबाद प्रकट गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *