मूल प्रवाह अ.भा.ने.ए.स. नगर समिति सिरसाको भेला सम्पन्न

सिरसा, ५ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित सिरसा नगर समितिको ९औं सम्मेलन पछिको प्रथम भेला भव्य रुपमा सम्पन्न भएको छ ।

भेलाको उद्घाटन केन्द्रीय सचिव त्रिभुबन भट्टराईले करतार ध्वनीमा व्यानर खोलेर गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा भट्टराईले विभिन्न खाले अबसरवादका विरुद्ध एकजुट हुँदै संगठनलाई अझ तिव्र गतिमा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उक्त भेलामा विभिन्न समसामयिक विषयमा चर्चा परिचर्चा पछि मूल प्रवाहको नगर समिति तथा विभिन्न विभागहरुको पुनर्गठन गरिएको छ ।

सिरसा नगर समिति पुनर्गठन

नगर भेलाले अजित वुढामगरको अध्यक्षतामा १७ सदस्यिय सिरसा नगर संगठन समिति पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष– गोपाल सोनी, सचिव– कृष्ण बराल, सहसचिव– सुरेश विक, कोषाध्यक्ष– शंकरलाल गौतम रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः रबि सोनी, प्रेम नेपाली, विजय विक, बालु कार्की, प्रकाश खड्का, सन्दिप विक, लाला थापा, सोमनाथ विक, कमला सोनी, कुसुम विक, रानी देवी, कमना सुनार, विना गौतम, बसन्त सुनार, गिता विक, रिता सुनार, कल्पना सुनार र पप्पु विक रहनु भएको छ ।

महिला नगर विभाग

भेलाले कमला सुनारको संयोजकत्वमा १३ सदस्यिय महिला विभागको गठन गरेको छ । जस्माः सदस्यहरुमाः कुसुम विक, रानीदेवी, गिता विक, कल्पना वर्मा, रिता विक, मीना विक, बिमला नेपाली, सपना विक, शिला शर्मा, कल्पना नेपाली, गुड्डी देवी र करिना विक रहनु भएको छ ।

समता नगर विभाग

संयोजकः सुरेश बिक, सदस्यहरुमाः प्रेम विक, संदिप शर्मा, सोमनाथ वर्मा, गोपाल सुनार, रबी शर्मा, गणेश सोनि बिक, अरुण, सुरज सुनार, शंकरलाल सुनार र एक रिक्त गरि ११ सदस्यिय समता विभाग गठन गरिएको छ ।

अखिल भारत नेपाली विध्यार्थी संघ नगर समिति

अध्यक्ष– अंकित विक, सचिव– विशाल शर्मा, कोषाध्यक्ष– बबिन गौतम, सदस्यहरुमाः कल्पना नेपाली, मुकेश नेपाली, दिव्या नेपाली, एसिका नेपाली, भावना, देवि नेपाली, प्रथम, पृथ्वी, पुजा शर्मा, शिला, आषिश शर्मा र वबिता विक गरि १५ सदस्यिय विध्यार्थी नगर संगठन समिति निर्माण गरेको छ ।

कार्यक्रम अजित बुढामगरको अध्यक्षतामा तथा गोपाल सोनीको सञ्चालनमा सम्पन्न भएको थियो भने उपस्थित सबैलाई शंकरलाल गौतमले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार