मूल प्रवाह केसद्वारा रेग्मीप्रति श्रद्धान्जली प्रकट

4438 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले भिषाखापटनम् नगर अध्यक्ष कुल प्रसाद रेग्मीको निधनप्रधि गहिरो शोक समवेदना प्रकट गरेको छ । समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले एक वक्तव्य जारी गरि सो शोक समवेदना प्रकट गर्नुभएको हो । अध्यक्ष केसीले वक्तव्यमा मृतकप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य–दक्षिण क्षेत्रीय समिति अन्तर्गत भिषाखापटनम नगर समितिका अध्यक्ष कुल प्रासद रेग्मिको हिजो राती करिब ११ः३० बजे, ७० बर्षको उमेरमा निधन भएको छ । सो खबरले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज स्तब्ध छ । वहाँको निधनले केवल विषाखापटनम् नगर समितिलाई मात्र नभई सिंगो एकता समाजलाई धक्का पुगेको छ । वहाँप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्दछौं ।

वहाँ सन २०१५ मा प्रवासी नेपाली संघ भारत परित्याग गरि मूल प्रवाहमा प्रबेश गर्नु भएको थियो । वहाँले आफू प्रवाहमा प्रबेश गर्दा प्रवासी संघका धेरै जना कार्यकर्ताहरुलाई पनि प्रबेश गराउनु भएको थियो ।

वहाँले लगातार भिषाकापट्नममा रहने प्रवासी श्रमजिवी नेपालीहरुको बिचमा आइपर्ने समस्याहरु समधानका लागि महत्वपुर्ण भूमिका खेल्दै आउनु भएको थियो । त्यसैले नै सन २०१५ मा सम्पन्न भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिषाकापटम नगर समितिको भेलाले वहाँलाई सर्वसम्मतीले अध्यक्षमा चयन गरेको थियो । पछि नगर सम्मेलनले पुनः वहाँलाई अध्यक्षमा चयन गरि हालसम्म वहा कायम हुनुहुन्थ्यो ।

रोजगारिको सिलसिलामा आन्ध्रा पर्देशको प्रसिद्ध सहर भिषाकापट्नम पुगेर सरकारी हस्पिटलमा जागिर गरि २०१२ मा जागिरबाट अबकास प्राप्तपछी निरन्तर समाज सेवामा लागिरहनु भएको थियो ।

बाग्लुङ जिल्ला, बालुङ नगरपालिका ७ बोक्से निवासी दुकुल प्रसाद रेग्मिका छोरा वहाँले तिन भाइ छोरा–दुई बुहारी र दुई नातिनीहरुलाई हामी बिच छाडेर जानु भएको छ । दुःखको यस घडिमा वहाँप्रति पुनः भाबपुर्ण श्रद्धाञ्जली प्रकट गर्दै, शोक संतप्त परिवारमा सम्बेदना प्रकट गर्दछौं ।

साथै नगर समितिका सम्पूर्ण कार्यकर्ताहरुले शोकलाई शक्तिमा परिणत गर्ने प्रणका साथ संगठनलाई अगाडि बढाउने काममा लाग्यौं भनेमात्र कुल प्रासद रेग्मिप्रति सच्चा श्रद्धान्जली हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *