मूल प्रवाह चेन्नई नगर उपाध्यक्ष ढकाल स्वेद फिर्ता

76 जनाले पढ्नु भयो ।

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति चेन्नईका नगर उपाध्यक्ष देविप्रसाद ढकाल नोकरीमा अवकास पाएर स्वदेश फर्कनुभएको छ ।

ढकाललाई एक समारोह आयोजना गरी मूल प्रवाहले सम्मानका साथ बिदाई गरेको छ ।  कार्यक्रममा मूल प्रवाहका पूर्व नगर समिति चेन्नईको तर्फबाट नेता कार्यकर्ताहरुले ढकाललाई दोसल्ला ओढाई सम्मान सहित विदाई गर्नुभएको हो ।

देबिप्रसाद ढकालले मूल प्रवाहका उतार चढावबारे स्मरण गर्दै संगठनमा ३५ वर्ष निरन्तर काम गरेको बताउनु भयो ।  कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर विक, सदस्य चन्द्र बहादुर थापा, विद्यार्थी केन्द्रीय उपाध्यक्ष विक्रम केसी, नगर अध्यक्ष नरबहादुर विक, महिला विभागबाट मंगली विक, रक्तिमबाट दिपा केसी, नगर सदस्यहरु गोपाल विक, रेशम थापा, तिलक विक, र एरिया समितीको तर्फबाट उमानन्द आचार्यको पनि आतिथ्यता रहेको थियो ।

नरबहादुर गुरूङको अध्यक्षता तथा नारायण पौडेलको स्वागतबाट अघि बढेको समारोहको सञ्चालन मोहराज सुवदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *